डोटीको पोखरीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु
चैत्र १५, डोटी ।
डोटीको पुर्विचौकी गाउँपालिका–७ पोखरीको तिनकट्टेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटनामा परी गौरीगङ्गा नगरपालिका– ४ घर भएका चालक ज्ञान बहादुर चौधरीको घटनास्थल मै मृत्यु भएको हो । त्यस्तै घाइते हुनेमा चौरपाटी गाउँपालिका–३ का नरबहादुर भुल रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घाइतेको उपचारका लागी जिल्ला अस्पताल डोटी ल्याईरहेको जनाइएको छ । ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको र विस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।