चार बाम घटकद्वारा आज नेपाल बन्द आह्वान
भाद्र ७, डोटी ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णजित बुढाथोकी ‘शुशील’ नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले आज मंगलबार संयुक्त नेपाल बन्दको आह्वान गरेका छन् ।
सरकारले नेपाली जनताको चाहाना विपरित एमसिसि र एसपिपि जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन गर्न लागेको, नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसङ्गको ३ बुदे सम्झौता उलंघन, विप्लव लगाएत नेताहरूलाई पक्राउ पूर्जी जारी, बन्दी नेता कार्यकर्ताको रिहाई, महङ्गी नियन्त्रणका बिसयमा बन्द आह्वान गरिएको चार कम्युनिष्ट पार्टीको संयुक्त विज्ञप्तीमा उल्लेख छ ।
चार पार्टीको संयुक्त बैठकद्वारा गत साउन २७ गते भएको निर्णय बमोजिम २७ गतेदेखि नै घोषणा गरिएका चरणबद्ध आन्दोलनका कार्यक्रम अन्तरगत आज नेपाल बन्द गरेको हो ।
विभिन्न ३ बुदे संयुक्त प्रेस वक्तव्य बमोजिम चार वटै पार्टीको तर्फबाट डोटीमा पनि नेपाल कम्युनिष्ट पार्टी डोटीका सचीव बिमलद्वारा हस्ताक्षरित नोटमा नेपाल बन्दको आह्वान गरिएको छ । जसमा उद्योगी-व्यवसायी, सरकारी-गैरसरकारी संघसंस्था, यातायात व्यवसायी, शैक्षिक संघसंस्था तथा आम देशभक्त राजनीतिक शक्ति र आम नागरिकहरुमा अपील गरिएको छ ।
बन्दको डोटीमा पनि प्रभाव परेको छ ।