डोटी जिल्ला स्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा मलासी

721

भाद्र ७, डोटी ।
डोटीमा जिल्ला स्तरीय बाल क्लब सञ्जाल गठन गरिएको छ ।
वर्ल्डभिजन इन्टरनेसनल नेपाल र समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीको सहयोगमा जिल्ला समन्वय समिति डोटीले आयोजना गरेको दुई दिने भेलाबाट सञ्जाल गठन गरिएको हो ।
दिपायल सिलगढी नगरपालिकाका सपना मलासीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको सिड नेपाल डोटीका कार्यक्रम संयोजक डिल बहादुर बिकले जानकारी दिए । सञ्जालको उपाध्यक्षमा सायल गाउँपालिकाका अर्जुन साउँद, सचिवमा पुर्वीचौकी गाउँपालिकाका रोशन बोगटी, सह-सचिवमा बडिकेदार गाउँपालिकाका दिपिका शाह र कोषाध्यक्षमा जोरायल गाउँपालिकाका दीक्षा नेपाली रहेका छन् ।

Нет описания.
त्यस्तै सदस्यमा शिखर नगरपालिकाका जष्टिना मल्ल, आदर्श गाउँपालिकाका दिपक नेपाली र प्रेम पाठक, बोगटान फुड्सिल गाउँपालिकाका खडक बोहरा, के.आई.सिंह गाउँपालिकाका कविता राणा र दिपायल सिलगढी नगरपालिकाका अंकित श्रेष्ठ रहेका छन् ।
सोमबार र मंगलबार आयोजित दुई दिने भेलामा डोटीका ९ वटै स्थानीय तहका ३/३ जनाका दरले प्रतिनिधि बालबालिकाहरु र सबै पालिकाका महिला तथा बालबालिका शाखा प्रमुख वा प्रतिनिधिहरुको सहभागिता रहेकोे थियो ।
भेलामा पत्रकार रामहरि ओझाले बालबालिकाकाको विभिन्न विषयमा समूह कार्य तथा छलफलका माध्यमबाट सहजीकरण गरेका थिए ।Возможно, это изображение 9 человек, люди стоят, воздушный шарик и в помещении
यसैबीच सहजकर्ता ओझाले बाल क्लब सञ्जाल गठन तथा परिचालन कार्यविधि २०७९ को मस्यौदा तयार पारेका छन् । उक्त मस्यौदा नव गठित डोटी जिल्ला स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष सपना मलासीले जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहलाई हस्तान्तरण गरेकी छन् ।

Возможно, это изображение 4 человека и люди стоят
बाल भेलाको समापनमा बोल्दै जिसस प्रमुख सिंहले बालबालिका भनेको काचो माटो भएको र उनीहरुलाई के कस्तो बनाउने भन्ने कुरा आम सरोकारवाला सबैको जिम्मेवारी भित्र पर्ने बताए ।
कार्यक्रममा बोल्दै सिड नेपाल डोटीका अध्यक्ष यज्ञराज जोशीले बाल क्लब सञ्जाल गठनको उद्देश्य अनुसार नव गठित समितिले जिल्लाभरका सबै बालबालिकाको हितमा हुने गरि बाल अधिकारका विषयमा काम गर्न शुभकामना दिएका थिए ।

कार्यक्रमको समापनमा बोल्दै नव गठित सञ्जालका अध्यक्ष मलासीले आफुले सकेसम्म राम्रो काम गर्ने र त्यसमा सबै सरोकारवालाले विशेष सहयोग गरिदिनुपर्नेमा जोड दिइन् ।

Нет описания.

Нет описания.Нет описания.

Leave A Reply

Your email address will not be published.