डोटीका भूकम्पले पीडितलाई इडिसीद्वारा राहत वितरण
नरेन्द्र बि.क./कार्तिक २३, डोटी ।
यही कात्तिक २२ गते राती २ बजेर १२ मिनेटमा आएको भुकम्पबाट प्रभावित डोटीको पुर्वीचौकी-३ गैरागाउँका परिवारका सदस्यहरुलाई विहिबार राहात वितरण गरिएको छ ।
सम विकास केन्द्र (इडिसी) नेपाल, डोटी र एक्शनएड नेपालको संयूक्त साझेदारीमा संचालित स्थानिय अधिकार कार्यक्रम अन्तरगत गैरागाउँका ३० घरपरिवारलाई राहात वितरण गरिएको इडिसीका अध्यक्ष अधिराज बिसीले जानकारी दिए ।
प्रति परिवारलाई २ थान ब्लाङकेट र ४ मिटर पि-फर्मका दरले ६० थान ब्लाङकेट र १२० मिटर पि-फर्म गरि जम्मा १ लाख ७४ हजार बराबरको सामग्रीहरु सहयोग गरिएको उनले बताए ।
पुर्विचौकी गाउँपालिकाको समन्वयमा गरिएको राहात वितरण कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष खडक बहादुर बोहरा, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर खड्का, सुरक्षा निकाएका प्रतिनिधिहरु, सम विकास केन्द्र नेपालका अध्यक्ष अधिराज बि.सि. र साझेदार संस्था एक्शनएड नेपालका प्रेम बहादुर चौधरीको सहभागिता रहेको थियो ।
चिसो मौसम बढ्दै गएको बेला भुकम्प प्रभावित परिवारका सदस्यहरुले पालमुनी बस्नु पर्ने बाध्यता र ओड्ने ओछ्याउने प्रयाप्त कपडा नभएको अवस्थामा उक्त सहयोग गरेकोमा स्थानीय राम बहादुर बोहराले सँस्थालाई धन्यवाद दिए । भुकम्प प्रभावित परिवारलाई दोस्रो चरणको राहातको लागी पनि प्रक्रिया अगाढी बढाई रहेको सम विकास केन्द्र नेपालले जनाएको छ ।
खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु बनाएर गएको ६.६ म्याग्नेच्युटको भुकम्पमा परी ६ जनाले ज्यान गुमाएका थिए भने ७ जना घाइते हुनुका साथै दर्जनौं घरहरु चर्किएर बस्ती नै प्रभावित भएका थिए ।