सुदूरपश्चिमको उप-सभामुखमा एमाले नेत्री चौधरी निर्वाचित

276

माघ ३, कैलाली ।
सुदूरपश्चिम प्रदेशको उप-सभामुखमा नेकपा एमालेकी कोइली देवी चौधरी निर्वाचित भएकी छन् ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सरकारको उप-सभामुखको लागि भएको निर्वाचनमा उनले २८ मत पाएकी थिइन् । ५३ जना मध्ये एक सभामुख बाहेक अन्य सबैले मतदान गरेका थिए ।
चौधरीलाई एमालेको १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाको १ मत गरि २८ मत मिलेको हो । उप-सभामुखमा उनीसँग नेकपा एकीकृत समाजवादीकी माया पन्तले प्रतिस्पर्धा गरे पनि पन्तले जम्मा २३ मत पाएकी थिइन् ।
आजै बिहान सभामुखको लागि भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका भीम भण्डारी सुदूरपश्चिम प्रदेशको सभामुखमा निर्वाचित भएका थिए ।

Leave A Reply

Your email address will not be published.