नेपालमा थप ९२७ जना कोरोना सङ्क्रमित, १२ जनाको ज्यान गयो

165

भाद्र १२, काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा ९ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
देशभर पछिल्लो २४ घण्टामा १० हजार २ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ९ सय २७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ सय ६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि डिस्चार्ज हुनेको सङ्ख्या २० हजार २ सय ४५ पुगेको जनाईएको छ ।
अब नेपालमा १६ हजार १९ जना कोरोनाका सक्रिय बिरामी आइसोलेशनमा छन् भने ८ हजार ९ सय ३९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
यसैपछि पछिल्लो २४ घण्टामा १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १ सय ९५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.