तीन वर्षदेखि भारतबाट वेपत्ता श्रीमान दिपकको खोजी गरिदिन पूजाको गुहार

205

माघ ४, डोटी ।
कामको शिलशिलामा भारत गएका तर तीन वर्षदेखि वेपत्ता रहेका श्रीमान दान बहादुर चन्द (दिपक) को खोजी गरिदिन उनकी श्रीमती पूजा चन्दले सार्वजनिक रुपमा गुहार मागेकी छन् ।
बैतडीको साविक बसन्तपुर गाउँ विकास समिति–१, हाल पाटन नगरपालिका–५ कद्वारका ३५ वर्षिय श्रीमान दिपक भारतको पञ्जाबबाट तीन वर्ष यता सम्पर्कविहीन भएको दुःखेसो गरिन् ।

 

भारतमा काम पनि नपाएको र पैसा नभएर घर फर्किन समस्या भएको भन्ने खबर पाएपछि पूजाले नेपालबाट दश हजार रुपैंया पठाइन् र दिपकले बसको टिकट काटेर नेपाल फर्किन लागेको खबर दिएको जनाईएको छ । तर करिब हप्ता दिनपछि दिपकले आफु नेपाल नआएको र भारतमै रहेको खबर दिए । त्यसपछि भने दिपक र पूजाको सम्पर्क टुटेको जनाईएको छ ।
आफुलाई श्रीमानले नै कोठा भाडामा राखेर भारत गएको र हाल कैलालीको मोहनपुर गेटामा कोठा भाडामा बस्दै आएको पूजाले बताइन् ।
श्रीमान वेपत्ता भएसँगै एक विस्कुट कम्पनीमा आफुले लेबरी काम गर्दै गुजारा चलाईरहेको पूजाले बताईन् । कक्षा ७ मा पढ्दै गरेकी पूजाकी छोरी दिपिका पनि सँगै छिन् ।
डोटीको शिखर नगरपालिका – ६ तल्कोट माइती घर भएकी पूजाले माइतीतर्फ बुबा बितिसकेको र दाजुभाइ नभएको बताएकी छन् ।
पूजाका श्रीमान दिपकको फेसबुक प्रोफाइलमा काम गर्ने स्थान जि.के.हस्पिटालिटी सर्भिस, लुधियाना पञ्जाब इण्डिया भनेर उल्लेख गरेको देखिन्छ ।

आफ्ना श्रीमान वेपत्ता भए पनि अहिलेसम्म खोजबिनका लागि कुनै पहल गर्न नसकेको र जे जस्तो अवस्थामा भए पनि खोजी गरिदिन पूजाले सार्वजनिक अपिल गरेकी छिन् ।
कसैले फेला पारेमा पूजाको मोबाइल नं. ९८६५८१३४४९ मा र माइतितर्फ उनकी काकी नाता पर्ने लक्ष्मी मल्लको फोन नं. ९८६५८३७३४५ मा सम्पर्क गरी खबर गरिदिन अपिल गरेकी छन् ।

 

 

 

Leave A Reply

Your email address will not be published.