प्रवासमा रहेर मौलिक सँस्कृति संरक्षणमा गायक नागरी रमेश मुस्कान
भाद्र १९, डोटी ।
डोटीको आदर्श गाउँपालिका वडा नं. ५ लामीखाल पाली गाउँमा जन्मेका गायक नागरी रमेश मुस्कान कामको शिलशिलामा भारतको चेन्नैमा बस्छन् ।
उनलाई सुदूरपश्चिमको मौलिक सँस्कृति डेउडा र त्यसमा पनि ठाडी भाका औधी मनपर्छ ।
मौलिक कला सँस्कृति संरक्षणका लागि भारतमा बसेर पनि करिब २ दर्जन गीतमा स्वर, शब्द तथा सँगीत भरेका गायक नागरी रमेश मुस्कानको लगाव तथा झुकावप्रति मोडेल भीम बिष्ट (अछामी रेखा) मुक्तकण्ठले खुलेर प्रशंसा गर्दछन् । उनि भन्छन्–‘आफ्नो कर्मभूमी जहाँ भए पनि जन्मभूमिको माया र मौलिक कला सँस्कृतिको जगेर्ना गरिरहने सर्जक श्रष्टाहरुप्रति उच्च सम्मान छ, जसभित्र एक हुन् नागरी रमेश मुस्कान पनि ।’
उनले पछिल्लो समयमा श्रोताहरुको मन छुने ठाडीभाका ‘दिपायल घुमल्ली’ बोलको ठाडी भाकाको गीत बजारमा ल्याएका छन् ।
सुरेन्द्र बि.क. ‘स्मृति’को शब्द रचनामा गायक नागरीकै लय तथा स्वर रहेको गीत देउडा हाम्रो सँस्कृति युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सुदूरपश्चिमका चर्चित एवं बहुमुखि प्रतिभाका धनी निर्देशक तथा मोडल भीम बिष्ट (अछामी रेखा) ले निर्देशन गरेको उक्त गीतमा भीम बिष्ट (अछामी रेखा), भरत बोहरा र कल्पना ढुङ्गानाले अभिनय गरेका छन् ।
रभी आउजी र प्रकाश नागरीले छायांकन गरेको गीतको भीडियो सम्पादन रवी आउजीले गरेका छन् ।
हेर्नुहोस् भिडियो पनि –