डोटीको आदर्शमा पहिरोमा परी एक महिलाको मृत्यु, एक बालिका घाइते

688

भाद्र २२, डोटी ।

डोटीमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् ।

मृत्यु हुनेमा आदर्श गाउँपालिका ३ आगरका शेर बहादुर ऐरकी आमा वर्ष ६१ कि कौमती देवी ऐर रहेको र घाइते हुनेमा शेर बहादुरकी छोरी अन्दाजी १०/१२ वर्षकि भुवनेश्वरी ऐर रहेको सो वडाका अध्यक्ष दिपेन्द्र प्रसाद पाठकले जानकारी दिए ।

मृतक कौमती देवी नातिनी सहित आफ्नो घरबाट आदर्श गाउँपालिका ६ सौकल्लामा माइति घर जाँदै थिइन् ।

उनिहरु आदर्श गाउँपालिका – ३ कै उन्ने ओडार भन्ने ठाउँमा बाटो माथिबाट आएको पहिरोमा परेको जनाईएको छ ।

घटनाप्रति सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्ले सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गरेका छन् ।

घटना शनिबार बिहान ११ बजे भएको बताईएको छ । घटनाबारे बुझ्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.