‘सुत्केरी आमालाई वडाको कोसेली´

271

असोज ७, डोटी ।

डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा न. ६ मा गगुडा स्वास्थ्य चौकीसङ्गको समन्वय एवं वडा कार्यालयको सहयोगमा `सुत्केरी आमालाई वडाको कोसेली´ नामक कार्यक्रम सुरु गरिएको छ ।

प्रोटोकल अनुसार नियमित गर्भ जाँच गरेका र स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलाहरुको घरमै गएर वडा अध्यक्ष श्याम बहादुर बोगटी, वडा सचिव रविन मल्ल र स्वास्थ्यकर्मिहरुको टोली उनिहरुलाई प्रोत्साहन स्वरुप एउटा ब्लाङ्केट, एक क्रेट अण्डा, दुई प्याकेट आयोडिन नुन, एक प्याकेट तोरीको तेल र एउटा हात धुने साबुन सहितको प्याकेज बनाएर कोसेली वितरण गर्न शुरु गरेको हो ।May be an image of 5 people and text

आ.व २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सबल बनाउन आवश्यक सल्लाह तथा परामर्श सङ्गै ३५ दिनभित्रै जन्म दर्ता गराउनु पर्ने बारेमा समेत टोलीले जानकारी गराएको छ ।

यस कार्यक्रमको मुख्य उद्देश्य घरमा सुत्केरी हुने संख्या शुन्यमा झार्ने, पूर्ण संस्थागत सुत्केरी वडा बनाउने, नवजात शिशुको बिरामी दरमा कमी ल्याउने र कुपोषण न्युनिकरण गर्ने रहेको गगुडा स्वास्थ्यचौकीका सिनियर अ.हे.व. तथा सूचना अधिकारी शिशिर बोगटीले नजर अनलाइनलाई जानकारी दिए ।

चालू आर्थिक वर्षको साउन र भदौ महिनामा सुत्केरी भएका पहिलो चरणमा सोमबार ६ जनालाई उक्त कोसेली वितरण गरिएको जनाइएको छ । यसपछिका सुत्केरी महिलालाई सुत्केरी भएको १० दिनभित्र उक्त कोसेली वितरण गरिने पनि सिनियर अ.हे.व. बोगटीले जानकारी दिए ।

कोसेली कार्यक्रम निकै प्रभाकारी रहेको बताउदै सुत्केरी महिला हिमा चन्दले वडा कार्यालय र स्वास्थ्यचौकीको टिमलाई धन्यवाद व्यक्त गरिन । यस्ता खालका कार्यक्रमले आफूलाई निकै खुसी बनाएको र फ़ेरि यस्तै कार्यक्रम ल्याउन आग्रह गर्दै अर्की सुत्केरी महिला अनिसा नेपालीले साच्चिकै स्थानीय सरकार भएको अनुभुती भएको बताइन् ।May be an image of 4 people

यस कार्यक्रमका क्रममा सुत्केरी महिलाहरुमाझ आफू जनताको सेवाको लागि निर्वाचित भएको र सदैव जनताको हितको लागि काम गर्ने बोगटान फुड्सिल ६ का वडा अध्यक्ष श्याम बहादुर बोगटीले बताए । शिक्षा र स्वास्थ् आफ्नो पहिलो प्राथमिकतामा रहेको पनि उनले बताए । सुत्केरी महिलालाई कोसेली कार्यक्रम महिला दिदीबहिनीहरुको स्वास्थ्यका लागि ल्याईएको र आगामी वर्षमा समेत निरन्तरता दिने अध्यक्ष बोगटीले प्रतिवद्धता जनाए ।May be an image of 5 people and temple

कोसेली वितरणका क्रममा जन्म दर्ता र पोषण भत्ताको विषयमा वडा सचिव रविन मल्लले जानकारी गराएका थिए ।

May be an image of 5 people and text

Leave A Reply

Your email address will not be published.