विद्यालय तीन दिन बन्द गर्ने निर्णय

259

असोज १३, डोटी ।
बाढी पहिरोले देशभर प्रभाव पारेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिनसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
बाढी र पहिरोको असर सबै तिर परेकोले तीन दिन विद्यालय बन्द गर्ने व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गर्दै मन्त्रालयले शनिबार नै विज्ञप्ती जारी गरेको छ ।
यो निर्णय अनुसार आइतबारदेखि मंगलबारसम्म विद्यालय बन्द हुनेछ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ,‘विद्यालय भवनमा आकस्मिक व्यवस्थापन समेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध छ ।’
यतिबेला विश्वविद्यालय, परिषद लगाएत अधिकांश विद्यालयमा अहिले परीक्षा चलिरहेको छ । मन्त्रालयको विज्ञप्तीमार्फत सबै परीक्षा स्थगन गर्न पनि आग्रह गरिएको छ ।
बाढी पहिरोबाट प्रभावित भएसङ्गै सोमबारदेखि हुने परीक्षा अर्को सूचना नआउँदासम्म स्थगित भएको सीटीइभीटीले जनाएको छ ।
यस्तै त्रिभुवन विश्वविद्यालयले अहिले तोकिएका परीक्षाहरु असोज २१ मा सोही परीक्षा केन्द्र र सोही समयमा सञ्चालन हुने जानकारी दिएको छ भने पूर्वाञ्चल विश्वविद्यालयले सोमबारसम्म परीक्षा स्थगित गरेको सूचना प्रकाशित गरेको छ ।

Leave A Reply

Your email address will not be published.