उप-निर्वाचन : डोटीको पुर्वीचौकी ६ मा काङ्ग्रेस उम्मेदवार थापा विजयी

235

मंसिर १७, डोटी ।
डाेटीकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर ६ मा वडा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार माेहन थापा विजयी भएका छन् ।
जम्मा खसेकाे मत ८३९ मध्ये थापाले ४६८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार देव बहादुर थापाले ३०१ मत ल्याएका छन् ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार देवीलाल थापाले २६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जानकी खड्का कुँवरले ३१ मत ल्याईन् ।
कूल खसेको मतबाट १३ वटा मत बदर भएका छन् ।
वि.सं. २०७९ मा सम्पन्न स्थानीय तहकाे निर्वाचनमा उक्त वडामा नेपाली कांग्रेसकै उम्मेदवार पुष्पराज जाेशीले जीतेका थिए । जाेशीकाे बिचैमा निधन भएपछि त्यहाँ उपनिर्वाचन भएकाे हाे ।
जम्मा ७ वटा वडा भएको पुर्वीचौकी गाउँपालिकामा २०७९ को निर्वाचनमा वडा सदस्य देखि गाउँपालिका अध्यक्षसम्म एकलौटी काङ्ग्रेसले जितेको थियो ।

 

Leave A Reply

Your email address will not be published.