डोटीमा एक महिलाको बेवारिसे शव भेटियो
पुस २३, डोटी ।
डोटीमा एक महिलाको बेवारिसे शव भेटिएको छ ।
जिल्लाको के.आई.सिंह गाउँपालिका ६, लामाडाँडास्थित जंगलमा वेवारिसे अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
महिलाको शव बारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरिक्षक भीमलाल भट्टराई नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा पठाईएको प्रहरीले जनाएको छ ।
शव सडेको अवस्थामा भएकाले पहिचान हुन नसकेको बताईएको छ ।