जोरायल गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

510

माघ १६, डोटी ।
डोटीको जोरायल गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।
जोरायल गाउँपालिका २ बुडरस्थित रामपुर माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित प्रतियोगिताको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले उद्घाटन गरेका छन् ।
उद्घाटनमा बोल्दै अध्यक्ष ओझाले खेलकुद विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासका लागि महत्वपूर्ण रहेको बताए । उनले भने-“खेलले अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्नु हुँदा विद्यालय तहदेखि नै खेलकुदलाई प्राथमिकता दिनुपर्छ ।”
खेल र खेलाडीको लागि जोरायल गाउँपालिकाले निरन्तर सहयोग गर्ने अध्यक्ष ओझाले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
गाउँपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र कराँते (छात्र/छात्रा) खेलहरु हुने जोरायल गाउँपालिकाका खेलकुद प्रशिक्षक पवन कुमार शाहुले जानकारी दिए ।
प्रतियोगिता माघ १९ गतेसम्म सञ्चालन भइरहेको छ।

Leave A Reply

Your email address will not be published.