प्रेस चौतारी डोटीको अध्यक्षमा प्रेम नेपाली नेतृत्वको टिम सर्वसम्मत
माघ १९, डोटी ।
प्रेस चौतारी नेपाल डोटीको पाँचौ जिल्ला अधिवेशनबाट प्रेम नेपालीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ ।
नयाँ कमिटीको उपाध्यक्षमा तेज बहादुर (तेजु) ओली, समावेशी उपाध्यक्षमा सुनिता धामी, सचिवमा राम कुन्जेडा, कोषाध्यक्षमा बसन्ती भट्ट, सह-सचिवमा बिमल रोकाया र समावेशी सह-सचिवमा रेखा दर्लामी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा लक्ष्मी नेपाली, विकास राई, पाल्मु तामाङ र विष्णु कोली चयन भएका छन्।
आगामी फाल्गुनमा हुने प्रदेश र केन्द्रिय अधिवेशनका लागि प्रतिनिधि पनि छनौट गरिएको छ ।
प्रदेश प्रतिनिधिमा सुनिता धामी र विष्णु कोली चयन भएका छन् भने केन्द्रिय प्रतिनिधिमा सरस्वती साउँद र शिव बहादुर ओली चयन भएका छन्।
प्रेस चौतारी नेपालका नव निर्वाचित अध्यक्ष प्रेम नेपालीले आफुलाई प्राप्त जिम्मेवारी अनुसार संगठनको भावनालाई शिरोपर गर्दै डोटेली पत्रकारिताको विकासका लागि आफू र सिङ्गो टिम सकेसम्म लागिपर्ने प्रतिबद्धता जनाए ।
निवर्तमान उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष सरस्वती साउँदको अध्यक्षता तथा नेकपा एमाले पोलिट ब्यूरो सदस्य एवं डोटी इन्चार्ज गौरी ओलीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनमा नेकपा एमाले डोटीका अध्यक्ष मन्जु मलासी, पदाधिकारीहरु, प्रेस चौतारी नेपालका केन्द्रिय तथा प्रदेश स्तरीय नेताहरु लगाएतको सहभागिता रहेकोे थियो ।
अधिवेशन लगत्तै पहिलो बैठक बसी पाँचौ जिल्ला अधिवेशन सफल पार्न सहयोग गर्ने सम्पूर्णमा प्रेस चौतारी नेपाल डोटीले धन्यवाद समेत दिएको छ।