जोरायलमा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन हुने

714

चैत ३, डोटी ।
डोटीको जोरायल गाउँपालिकामा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ ।
जोरायल गाउँपालिकाको आयोजना तथा च्यारिटी हेल्थ फाउण्डेसन नेपाल र धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहयोगमा ६ वटै वडाहरुमा निःशुल्क आँखा जाँच तथा उपचार (स्क्रिनिङ) शिविर सञ्चालन हुँदैछ ।
भोलि चैत ४ गतेदेखि ९ गतेसम्म वडाहरुमा आँखा जाँच तथा उपचार (स्क्रिनिङ) शिविर सञ्चालन हुनेछ भने चैत १० र ११ गते जोरायल गाउँपालिका-३, रावतकट्टेमा वडा शिविरबाट छनोट भएका मोती बिन्दु, जलबिन्दु र आँखामा मासु पलाएका बिरामीहरूको निःशुल्क शल्यक्रिया शिविर संचालन गरिने जोरायल गाउँपालिकाले सूचनामार्फत जानकारी दिएको छ।
चैत ४ गते वडा नं. १ को गैरा सामुदायिक स्वास्थ्य इकाई, पोखरीडाँडा, चैत ५ गते वडा नं. २ को छतिवन स्वास्थ्य चौकी, बुडर, चैत ६ गते वडा नं. ३ को सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्र, चनकट्टे, चैत ७ गते वडा नं. ४ को लक्ष्मीनगर स्वास्थ्य चौकी, कुँडीकोट, चैत ८ गते वडा नं. ५ को गडसेरा स्वास्थ्य चौकी, खहडा र चैत ९ गते वडा नं. ६ को निरौली स्वास्थ्य चौकी, खसरेमा शिविर संचालन हुनेछ ।
शिविरबाट मौकाको फाइदा उठाउन आँखा सम्बन्धि समस्या भएका सम्पुर्ण बिरामीलाई जोरायल गाउँपालिकाले अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.