छोरी समान सङ्गिता बडुवाललाई बिनोद बाजुरालीले जीवन साथी बनाउन खोजेपछि…
पुस २९, डोटी ।
नेपाली गीतसँगीत क्षेत्रका चर्चित एरेञ्जर, गायक तथा सर्जक बिनोद बाजुरालीको फरक स्वादको नयाँ डेउडा कोसेली बजारमा आउने भएको छ ।
कलाकार बाजुरालीको जन्मदिनको अवसरमा आउँदो माघ १ गते उक्त फ्युजन डेउडा गीत सार्वजनिक हुन लागेको हो ।
बिनोद बाजुराली र सँगीता बडुवालको स्वरमा सजिएको उक्त गीतको मंगलबार काठमाण्डौको दरबारमार्गस्थित निरमाया दोहोरी साँझमा इनडोर छायाँङ्कन सम्पन्न भएको छ ।
गीतको भिडियोमा पनि गायक बाजुरालीसँगै गायिका बडुवाल, मोडल टेक बिष्ट, पर्वत जैगडी, प्रेम नेपाली लगाएत थुप्रै कलाकारहरुलाई एकसाथ देख्न सकिने जनाईएको छ ।
एरेञ्ज, लय, शब्द, इडिटिङ्ग, मिक्सिङ्ग आफैले गरेका बाजुरालीको सो गीतको अडियो तथा भिडियो निर्माणको काम सँगसँगै भैरहेको गायक बाजुरालीले जानकारी दिए । गीतको अँझै नामाकरण भैनसकेको उनले बताए ।
छोटो अवधीमा तयार पार्न लागिएको गीतमा गायक बाजुरालीले गायीका बडुवाललाई जीवन साथीको प्रस्ताव गरेका छन् । तर गायीकाले मित बुबा बन्न प्रस्ताव गरेकी छन् । वास्तविक उमेरमा पनि बुबा–छोरी भन्न सुहाउने गायक गायीका बिचको गीति सवालजवाफ र कटाक्ष रोचक रहेको छायाँङ्कनमा सहभागी कलाकार प्रेम नेपालीले बताए ।
शाब्दिक हिसाबले डेउडा गीत भए पनि फ्युजन शैलीमा एकदमै फरक स्वाद लिन सकिने उनले बताए ।
गायक बाजुरालीले भनेका छन् –‘भैंसीलाई गोठालो हुँ म, मृगलाई शिकारी, तेरा लागि बन्छु म त मायाको भिकारी’ । जवाफमा गायीका बडुवालले–‘डेटै सकिएको मालमा, हानेछस् नयाँ छाप, त ठान्छस् जङ्गली मृग, म त हुँ मैयासाप’ भनेकी छन् ।
गायक बाजुरालीले ‘मेरी जीवन साथी बन्दे भन्दै गिद्धे दृष्टि लाएपछि, तँ गुण्डा डाँका होस्, तेरा आँखा जचाउँन भोलि बिहानै तिलगंगा जा, ए मिस्टर, बरु मायाले ए नानी भन्दे, मेरो मित बुबा बन्दे’ भनेकी छन् ।
गीतले फरक खालको बजार लिनेमा गायक बाजुरालीले विश्वास गरेका छन् ।