डोटीको बुडरमा एक पुरुष मृत फेला

916

साउन ७, डोटी।
डोटीमा एक अधबैंसे पुरुष मृत फेला परेका छन् । जोरायल गाउँपालिका–२, मिलचौराहा निवासी अन्दाजी ४१ वर्षीय डम्बर बहादुर गुरुङ घरदेखि नजिकै सडक किनारमा मृत अवस्थामा फेला परेका हुन्।
बिहीबार बिहान करिब ६ः१० बजे स्थानीय गैरी खोला नजिक भिमदत्त राजमार्गको सडक किनारमा गुरुङ मृत अवस्थामा रहेको देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय बुडरलाई टेलिफोनमार्फत जानकारी गराएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं डिएसपी रण बहादुर चन्दले बताए ।
जानकारी प्राप्त हुनासाथ प्रहरी बरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको कमाण्डमा ६ सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Leave A Reply

Your email address will not be published.