डोटीको बुडरमा बजार व्यवस्थापन समिति गठन

633

साउन १३, डोटी ।
सुदूरपश्चिमको सात पहाडी जिल्लाको प्रवेश मार्गमा पर्ने डोटीको बुडर बजारलाई व्यवस्थित गर्न एक समिति गठन गरिएको छ ।
बुडर बजार क्षेत्रका व्यवसायीहरुको बुधबार बसेको आम भेलाले लाल बहादुर मल्लको अध्यक्षतामा १५ सदस्यीय बजार व्यवस्थापन समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा दिनेश साउँद, सचिवमा अर्जुन महरा, सह–सचिवमा सुरेन्द्र बिष्ट र कोषाध्यक्षमा चन्द्र बहादुर मल्ल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा भक्त लामा, भुवन नागरी, जन्तरा धानुक, कस्मिर सिजापती, सनम थापा, गौरी साउँद, राजेन्द्र ओझा, बालकृष्ण बोहरा र लक्ष्मी रावल बोहरा रहेका छन् । बाँकी एक जना सदस्य पछि मनोनित गरिने जनाईएको छ ।
यसभन्दा पहिलेको बजार व्यवस्थापन समिति लामो समयदेखि निष्क्रिय भएपछि नयाँ समिति गठन गरिएको भेलामा सहभागिहरुले बताएका छन् ।
त्यस्तै रामदत्त भट्टराई, हेम मल्ल, ईश्वरीप्रसाद जैसी, पदम चन्द र देवराज जोशी सहितको पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।
समिति गठनपश्चात प्रतिबद्धता मन्तव्य राख्दै नव गठित समितिका अध्यक्ष मल्लले सबै सरोकारवालासँगको समन्वय र सहकार्यमा बुडर बजार व्यवस्थापनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
भेलालाई सम्बोधन गर्दै जोरायल गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष बिर बहादुर दर्लामीले समितिको नाम बुडर बजार व्यवस्थापन समिति भएता पनि वडाभरीका ठूलासाना सबै बजार क्षेत्रको अभिलेखिकरण, दर्ता, नविकरण, सरसफाई लगाएत आवश्यक व्यवस्थापन गर्न सुझाव दिए ।
बजार व्यवस्थापन समिति नभएको अवस्थामा आफुले नै विभिन्न समस्या झेल्दै र समाधान गर्दै आएकोमा अब उपरान्त काम गर्न सहज हुने वडा अध्यक्ष दर्लामीले विश्वास व्यक्त गरे ।
समितिले मर्म अनुसार काम गर्न आग्रह गर्दै आफ्नो व्यक्तिगत तर्फबाट र वडाको तर्फबाट आवश्यक सहयोग गर्ने दर्लामीले प्रतिवद्धता समेत जनाए ।

Leave A Reply

Your email address will not be published.