डोटीको सेती नदीमा बगेका राम सुचीकार बेपत्ता

629

साउन २७, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका–३ पुल बजारका एक व्यक्ति सेती नदीमा बगेपछि बेपत्ता भएका छन्।
बुधबार (आज) बेलुकी करिब ४:५० बजे ५५/५६ वर्षीय राम सुचीकार हातमुख धुनका लागि सेती नदी किनारमा गएको अवस्थामा नदीमा बगेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय दिपायलबाट १२ जनाको प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक रण बहादु्र चन्दले जानकारी दिए ।

प्रहरी टोलीले दिपायल सिलगढी नगरपालिका–२, ५ र ७ अन्तर्गत सेती नदी किनारमा खोजी गरिरहेको जनाइएको छ।
बेपत्ता सुचीकारको अवस्था र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.