ब्रेन ट्युमर पीडित दिदिभाईलाई संसाद आलेद्वारा रु.१ लाख सहयोग

साथै आलेले अन्य सहयोगी मनहरुलाई सक्दो आर्थिक सहयोग गरि उनिहरुको जिवन रक्षा गरिदिन पनि अपिल गरेका छन् ।

एकै परिवारका दुई जना दिदि भाई ब्रेन ट्युमर बाट ग्रसित छन् । छोरी २३ वर्षीय निर्मला मन्नि र छोरा १८ वर्षका डबल मन्नि दुबै जनालाई ब्रेन ट्युमर भएको पिडितकी आमा कल्पना मन्निले जानकारी दिईन् । उनिहरुको हाल टिचिङ अस्पताल महाराजगञ्ज काठमान्डौमा उपचार भैरहेको छ । आफ्नोे आर्थिक अवस्था कमजोर भएकाले छोराछोरीको उपचारमा साह्रै समस्या भैरहेको मन्निेले बताईन् । मन्निले छोराछोरीको उपचारका लागी आर्थिक सहयोग गरिदिन याचना गरेकी छिन् ।
ब्रेन ट्युमर बाट ग्रसित दिदि भाईलाई सहयोग गर्न चाहनेले पिडितकी आमा कल्पना मन्निको मोबाईल नम्बर ९८६५६४५७८५ मा सम्पर्क गरी सहयोग गर्न सक्ने संसाद आलेका स्वकीय सचिव रेग्मीले बताए । – मुलुक न्युजबाट
