जिविस डोटीका पहिलो सभापती उपाध्यायको निधन

601

कार्तिक ३०, डोटी ।
जिल्ला विकास समिति डोटीका पहिलो सभापती केशवराज उपाध्यायको निधन भएको छ ।
कोहलपुर मेडिकल कलेजमा उपाध्यायको उपचारका क्रममा आईतबार निधन भएको हो । लामो समयदेखि दमका बिरामी रहेका उपाध्यायको उपचार क्रममा निधन भएको हो ।
नेपाली कांग्रेसका नेता उपाध्यायको ७४ वर्षको उमेरमा निधन भएको हो । उनि वि.सं. २०४८ सालमा जिल्ला विकास समिति डोटीको पहिलो सभापतिमा निर्वाचित भएका थिए ।
उपाध्याय डोटीको बोगटान फुड्सील गाउँपालिका वडा नं. ७ चवराचौताराको खत्याडीका बासिन्दा हुन् ।

1 Comment
  1. Damaru Chandra Bhatta says

    हार्दिक भावपूर्ण श्रद्धाञ्जली

Leave A Reply

Your email address will not be published.