सिड नेपालद्वारा सामाजिक परीक्षण सम्पन्न

858

पौष ८, डोटी ।

डोटीमा क्रियाशील गैर सरकारी सँस्था समान पहुँच विकास केन्द्र (सिड) नेपालले बुधबार आर्थिक वर्ष २०७६/०७७ को वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
विशेष गरी स्वास्थ्य क्षेत्रमा पहिचान बनाएको सिड नेपालको सामाजिक परीक्षण कार्यक्रममा प्रमूख अतिथीका रुपमा बोल्दै जिल्ला समन्वय समिति डोटीका उप–प्रमूख शशी सोवले सँस्थाको जवाफदेहिता, पारदर्शिता, सुशासन प्रवद्र्धन र मार्गदर्शक सुझाव संकलनका लागि सामाजिक परीक्षण महत्वपूर्ण औजार भएको बताईन् ।
त्यस्तै स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले डोटी जिल्लामा स्वास्थ्य क्षेत्रमा सिड नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै समुदायको आवश्यकताको लेखाजोखा गरी कार्यक्रम सञ्चालन गर्नसकेमा र कार्यक्रमलाई समुदायले अपनत्व महशुस हुने गरी सञ्चालन गरिएमा त्यो उपलब्धिमूलक हुनेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा सहभागि शिखर नगरपालिका वडा नं. १ मा रहेको मुडेगाउँ स्वास्थ्यचौकी प्रमूख प्रेम कठायतले सिड नेपालले गरेका कामको सह्राना गर्दै मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम फेज आउट भएकोमा निरन्तरता दिन सके अँझै राम्रो हुने बताए । साथै स्थानीय तहको स्वास्थ्य शाखाबाट स्वास्थ्य सामाग्री पाउन नसकेको अवस्थामा संघसँस्थाहरुबाट भएको सहयोग महत्वपूर्ण रहेको उनले बताए ।
त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा नं. १ को तिखा स्वास्थ्यचौकी प्रमूख तेजबहादुर खड्काले प्रबद्र्धनात्मक र प्रतिकारात्मक सेवामा सिड नेपालले खेलेको भूमिकाको प्रशंसा गरे ।
त्यस्तै पूर्वीचौकी गाउँपालिका वडा नं. १ को खिरसैन स्वास्थ्यचौकी प्रमूख गंगा माझीले सिड नेपालले गरेका कामबाट आफुहरुलाई निकै सहयोग भएको भन्दै सुझाव दिनुनपर्ने बताईन् ।
त्यस्तै सिड नेपालको आर्थिक साझेदार सँस्था वर्ल्ड भिजन इन्टरनेशनल नेपालका प्रतिनिधी गांगी बलायरले सिड नेपाल डोटीले स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्न सकेका कारण केहि महिना पहिले वर्ल्ड भिजनबाट बेस्ट रिवार्ड (उत्कृष्ट पुरुस्कार) पाएको बताए ।
सँस्थाले आगामी दिनमा थप प्रभावकारी काम गर्दै अगाडी बढोस् भन्ने हिसाबले वर्ल्ड भिजनले स्थानीय साझेदार सिड नेपाललाई नै अग्रपंक्तिमा काम गर्ने जिम्मेवारीका साथ सहकार्य भईरहेको बलायरले बताए ।
कार्यक्रममा सहभागिबाट आएका सुझाव सल्लाहलाई मार्गदर्शक रुपमा अंगिकार गर्दै क्रमशः पालना गरेर आगामी दिनमा सँस्थालाई अगाडी बढाईने सिड नेपाल डोटीका अध्यक्ष शेर बहादुर मल्लले प्रतिबद्धता जनाए ।
दिपायल सिलगढी नगरपालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा विभिन्न जनप्रतिनिधी, सरकारी स्वास्थ्य क्षेत्रका कर्मचारी, सिड नेपालको कार्य क्षेत्रका लक्षित समुदायका प्रतिनिधी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
सामाजिक परीक्षण कार्यक्रमको सहजिकरण पत्रकार कर्ण चन्दले गरेका थिए ।

No description available.

1 Comment
  1. डम्मर सिंह कुडमाल says

    धेरै धेरै धन्यवाद हजुरलाई

Leave A Reply

Your email address will not be published.