सुदूरपश्चिममा पहिलो पटक नेपाली सेनामा पनि देखियो कोरोना
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक नेपाली सेनामा समेत कोरोना संक्रमण पुष्टी भएको छ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको हनुमान ध्वज गुल्ममा कार्यरत नेपाली सेनामा कोरोना देखिएको हो।
२० वर्षीय उनलाई कोरोना पुष्टि भएपछि ब्यारेक भित्रै छुट्टै आईसोलेसनमा राखिएको छ। तर उनको ट्राभल हिस्ट्री भने छैन। हनुमान ध्वज गुल्ममा कार्यरत २० जना सैनिकको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएकोमा ८ जनाको रिर्पोट आएको छ।
जसमध्ये ७ जनाको रिर्पोट नेगेटिभ आएको छ भने १२ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।