‘परदेश मेरा भाग’ भन्दै लोकमान विरही रावलले डेउडा गीतमै गायिका निरुता खत्रीलाई विरह पोखेपछि…

1,015

भाद ८, डोटी ।

लोकमान विरही रावलको पहिलो डेउडा गीती कोसेली ‘परदेश मेरा भाग’ बजारमा सार्वजनिक भएको छ ।
लोकमानकै शब्द सिर्जना तथा नेत्र परियारको सँगीतमा रहेको उक्त गीतमा लोकमानलाई गायिका निरुता खत्रीले स्वरमा साथ दिएकी छन् ।
विशेष फिल्मस् प्रा.लि.ले बजारमा ल्याएको उक्त गीतको विजय थापाले एरेञ्ज गरेका हुन् भने कृष्ण बाजुरालीले मिक्सिङ्ग गरेका हुन् ।
चर्चित निर्देशक तथा मोडल भीम थापाले निर्देशन गरेको गीतको भिडियोमा मोडेल सनम कठायत र साया भण्डारीले अभिनय गरेका छन् ।
डि.बि.रौलेले छायांकन गरेको गीतको सम्पादन राजेश कुमारले गरेका हुन् ।
मौलिक भाका र टिपिकल शब्दका साथै सुमधुर स्वरले गीतमा सुनमा सुगन्ध थपेको छ ।

Leave A Reply

Your email address will not be published.