प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन फागुन २७ र २८ गते पोखरामा हुने

501

फाल्गुन १, डोटी ।
प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा आयोजना हुने भएको छ । आइतबार काठमाडौंमा बसेको प्रेस चौतारी नेपालको केन्द्रिय सचिवालय बैठकले उक्त निर्णय गरेको छ ।
गत पुष महिनाको १२ र १३ गते लुम्बीनीमा बसेको केन्द्रिय कमिटि बैठकले नवौं राष्ट्रिय महाधिवेशन प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसर पारेर माघ २२ र २३ गते पोखरामा आयोजना गर्ने निर्णय गरेको थियो । तर कोरोना भाईसरको तेश्रो भेरियन्ट ओमिक्रोनको संक्रमण देशव्यापी फैलिएपछि अधिवेशन स्थगित भएको थियो ।
चौतारीले देशभरका जिल्ला अधिवेशनहरु करिब सम्पन्न गरेको छ ।
आइतबारको सचिवालय बैठकले सात वटै प्रदेशमा फाल्गुन २१ गते एकैदिन एकैसाथ प्रदेश अधिवेशनहरु सम्पन्न गर्ने निर्णय पनि गरेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नजर अनलाईनलाई जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.