सुदूरपश्चिममा भोलि बुधबार शोक बिदा

185

असार ५, डोटी ।

सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार बझाङमा सवारी दुर्घटनामा परी सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएकोले शोक बिदा दिने निर्णय गरिएको हो ।

गएको जेठ ५ गते मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा नजिकै दुर्घटना भएको थियो ।

दुर्घटनामा परेका मन्त्रीकि पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो ।

गम्भीर घाइते भएका मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत मेडिकल कलेज कोहलपुर लगिएको थियो । अस्पताल पुर्‍याएर हरसम्भव प्रयास गरे पनि मन्त्री सिंहलाई बचाउन नसकेको अस्पतालले विज्ञप्तीमार्फत जनाएको छ ।

Leave A Reply

Your email address will not be published.