डेउडा गीत
– नरेन्द्र बिष्ट
जहाँ गयो सेनिटाईजर, लाउँदा–लाउँदा वाक्क ।
मुखै छाडी भन्दो भया, कोरोनालाई प्वाक्क ।।
संक्रमितका कुरै छाडौं, मृत्यु कति–कति ।
कालैलाई जित्यौ भन्ना, निको हुने जति ।।
मै हुँ भन्ने राष्ट्र पनि, परेका छन थला ।
कैलसम्म गलाउने है दुनियाँलाई गला।।
कि त विश्व ध्वस्त हुनु, कि त निको हुनु ।
हुने खाने उस्तै छन, गरीबलाई रूनु
न त गाडी चलेका छन, न स्कूल खुल्याछन् ।
सिदासादा जनताहरु घरभित्र हुल्याछन्।।
दक्षिणलाई रुनु न हाँस्नु, उत्तरलाई थाहा छैन ।
ध्ज्इ भन्छ अँझै, हामिलाई थाहा छैन।।
पुरा युरोप तहसनहस, अमेरिका खतम ।
अरु जे होस सावधानी, अपनाउनु उत्तम ।।
(लेखक दिपायल सिलगढी नगरपालिका -७ रातुली, डोटी घर भई हाल श्री सहिद स्मृति आवासीय मा.वि. राजपुर, डोटीका शिक्षक हुन् ।)