एमाले डोटीको नवौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक

506

फाल्गुन १३, डोटी ।
आगामी चैत्र २ र ३ गते दिपायल, राजपुरमा आयोजना हुने नेकपा (एमाले) डोटीको नवौं जिल्ला अधिवेशनको लोगो आइतबार सार्वजनिक गरिएको छ ।
नेकपा (एमाले) डोटीका अध्यक्ष चक्र मल्ल, उपाध्यक्ष मञ्जु मलासी, सचिव शेर बहादुर मल्ल, उप–सचिव कृष्ण कुमार खड्का सहितका विभिन्न नेता कार्यकर्ताको उपस्थितिमा एमाले पार्टी कार्यालयमा एक कार्यक्रम आयोजना गरी लोगो सार्वजनिक गरिएको हो ।
ठूलो सूर्यभित्र सबैभन्दा माथि पर्नेगरी देशको राष्ट्रिय झण्डा, सिरानमा पहाडी जिल्लाको झल्को दिने गरी तेले लेकको दृष्य, बिच भागमा डोटीको नक्शा, उत्तर पूर्वी भागमा प्रसिद्ध पर्यटकिय क्षेत्र खप्तडको दृष्य, त्यसभन्दा तलतिर प्रसिद्ध धार्मिक क्षेत्र शैलेश्वरी मन्दिर र सूर्यको मूनितिर सेती नदी राखेर लोगोमा बहुविविधता झल्काईएको अधिवेशन प्रचारप्रसार समिति संयोजक झलक पालीले बताए ।

May be a graphic of text
यसका साथै ठूलो सूर्यभित्रै नेकपा एमालेको प्रतिक चिन्ह सुनौलो रङ्गमा भित्रपट्टी हसिया हथौंडा भएको सूर्य, बिच भागमा नवौं जिल्ला अधिवेशन भएकाले ९ औं र त्यसको माथितिर कम्युनिष्ट पार्टीको झण्डा समेटिएको संयोजक पालीले बताए ।
यसका साथै अधिवेशन मिति, पार्टीको नाम समेत लोगोमा समेटिएकोले सबै कुराको झल्को लोगोमै हेर्न सकिने एमाले डोटीका सचिव शेर बहादुर मल्लले बताए ।
अधिवेशनका कुनै पनि दस्तावेज, पोस्टर, पम्प्लेट, ब्यानर, मञ्च, गेट सजाउने लगाएत सबैकाममा लोगोको प्रयोग गरिने भएकाले अब अधिवेशन तयारीका अन्य कामहरु अगाडी बढाउन सहज भएको एमाले डोटीका अध्यक्ष चक्र मल्लले बताए ।

May be an image of 6 people, people smiling and people studying

No description available.

Leave A Reply

Your email address will not be published.