बिरेन्द्र भट्ट : छायांकारदेखि चलचित्र विकास बोर्ड सदस्यसम्मको यात्रामा

506

पुस १६, डोटी ।
डोटीको जोरायल गाउँपालिका २ का स्थायी बासिन्दा बिरेन्द्र भट्ट नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । म्युजिक भिडियो देखि चलचित्रहरुको छायांकनमा व्यस्त भट्ट हाल चलचित्र विकास बोर्डको सदस्य पनि छन् ।
आफुले करिब डेढ दशकदेखि चलचित्र प्राविधिकको रूपमा निरन्तर काम गर्दै आएको उनलेे बताएका छन् ।
राजधानी काठमाडौलाई कर्मथलो बनाएर छायांकनमा अब्बल पहिचान बनाएका उनले चलचित्र धून, आरोप लगायत दर्जनभन्दा बढी नेपाली चलचित्रमा छायांकन गरिसकेको बताएका छन् । त्यस्तै ३०० भन्दा बढी म्युजिक भिडियो छायांकन गरिसकेका छन् ।
भट्टले नेपाली चलचित्रको गुणस्तर अभिवृद्धि र प्रविधिगत विकासमा तल्लीन रहेर योगदान गरिरहेको बताए । त्यसकै मुल्यांकनबाट आफुलाई चलचित्र विकास बोर्डको सदस्यको जिम्मेवारी प्राप्त भएको उनी बताउँछन् ।
अध्यक्ष दिनेश डिसी नेतृत्वको टिमले केही महत्त्वपूर्ण काम गर्न खोजेको उनलेे बताए । आफू बोर्ड सदस्य नियुक्त भएसङ्गै पछिल्लो एक बर्षमा बोर्डले संतोषजनक काम गरिरहेको उनलेे सुनाए ।
आगामी दिनमा नेपाली चलचित्र उद्योगलाई थप व्यवस्थित, प्राविधिक रूपमा सशक्त र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन पहल गर्नुपर्नेमा भट्टले जोड दिए ।
छायांकन सङ्गै सामाजिक राजनीतिक गतिविधिमा समेत भट्ट सक्रिय रहेका छन् ।

Leave A Reply

Your email address will not be published.