कविता : तेरो मेरो

428

–यज्ञराज पाठक ‘दुपाय’

म जान्दिन मेरो तता हो कि होइन।
म जान्दिन तेरो मता हो कि होइन।
यो सारा अरुकै, केहो तेरो मेरो ?
सबै आज भन्छन् यहाँ तेरो मेरो।।

म देख्दिन मेरो नता देख्छू तेरो।
किन गर्छ मान्छे ? यहाँ तेरो मेरो।
रोयरै मरेका म देख्छू त्यसैमा।
निकालेर आँशु बिलाय त्यसैमा।।

म स्ँदा उ रुन्न, उ रुँदा म रुन्न।
अरुका खुशीमा, सबै देख्छू खीन्न।
म हाँस्दा उ रुयो, म रुदा उ हाँस्यो।
उ हाँस्दा म रुएँ उ रुदा म हाँस्यो।।

दुनियाँ गजबको, कुनै हुन्न कस्कै।
भनि तेरो मेरो, पर्यो उस्को बस्मै।
रमेको छ पुरा, तेरो मेरो कस्मै।
दुनियाँ रमेको, तेरो मेरो रस्मै।।

को भन्छ ? भन्दिन, यहाँ तेरो मेरो।
यो मान्छे छ भन्ने, खूबै तेरो मेरो।
यि लड्दै मरेका सबै देख्छु त्यस्मै।
पसिना र खून बह्या, देख्छू त्यस्मै।।

यहाँ बुद्धी विद्या र विज्ञान यस्मै।
जुटेको छ मान्छे, पुरा पंथ यस्मै।
यहाँ धर्म इश्वर भयो तेरो मेरो।
कठै ! सत्य ज्ञान, बट्यो तेरो मेरो।

यहाँ छैन आफू स्वयम् आफू मेरो।
जो भन्छस् त मेरो यहाँ छैन तेरो।
न तेरो यहाँ छ, नता हुन्छ मेरो।
दुवै व्यर्थ लड्छौ, भनि तेतो मेरो।।
(लेखक नेपालीका काँग्रेसका नेता तथा डोटीका पूर्व सांसद पनि हुन् ।)

Leave A Reply

Your email address will not be published.