डोटीको बोगटानमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ५ घाईते
कर्ण चन्द
मंसिर २१, डोटी ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन । शनिबार राती करिब १ बजेतिर दुर्घटना भएको हो ।
जीप भिरबाट करिब २ सय मिटर तल खसेका कारण मृतक र घाईतेहरुको बिवरण तयार हुन सकेको छैन । घाईतेको उद्धार र मृतकको शव संकलनको कार्य जारी रहेको छ । अहिलेसम्म ३ वटा शव र ५ जना घाईते फेला परेको घटना स्थलमा रहेका पत्रकार टेकबहादुर चन्दले जानकारी दिनुभएको छ ।
दिपायलबाट खत्याडीका लागी हिनेको जीप दुर्घटना भएको हो । घाईतेहरुलाई दिपायल पठाउने तयारी भईररहेको घटनास्थलमा उद्धारमा खटिएका बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिनुभएको छ ।