सरस्वती पूजाको अवसरमा सरस्वती मा.वि.सानागाउँमा ४० लाखको चमेना गृहको उद्घाटन

680

फाल्गुन ४, डोटी ।
डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ४ स्थित सरस्वती माध्यमिक विद्यालयमा सरस्वती पूजाको अवसरमा मंगलबार चमेना गृहको समुद्घाटन गरिएको छ ।
पूर्वीचौकी गाउँपालिकाको ४० लाखको लगानीमा निर्माण कार्य सम्पन्न भएको उक्त चमेना गृहको सो गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले गरेका हुन् ।
प्राविधिक शिक्षातर्फको सिभिल इन्जिनियर पढाईलाई टेवा पुर्याउन चमेना गृह सञ्चालनमा ल्याईएको अध्यक्ष बोगटीले बताए ।
उक्त विद्यालयमा शैक्षिक वर्ष २०७५ देखि सिभिल इन्जिनियर पठनपाठन थालनि गरिएको छ । जहाँ पहिलो वर्ष ४०, दोश्रो वर्ष २२ र चालु शैक्षिक वर्षमा २६ जना विद्यार्थीले पठनपाठन गरिरहेका छन् ।
यस्तै सरस्वती पूजाकै अवसरमा मंगलबार नै १६ लाखको लगानीमा बनेको उक्त विद्यालयको २ कोठे पक्की भवनको पनि उद्घाटन गरिएको जनाईएको छ ।
उक्त विद्यालय पूर्वीचौकी गाउँपालिकाको प्रमूख शैक्षिक सँस्था र डोटी जिल्लाको समेत अग्रणी विद्यालयका रुपमा रहेको छ ।

 

 

May be an image of outdoors and tree

May be an image of 7 people and people standing

Leave A Reply

Your email address will not be published.