प्रजातन्त्र दिवसको अवसरमा अनेरास्ववियु डोटी (ओली समूह) द्वारा रक्तदान

352

फाल्गुन ७, डोटी ।

आज प्रजातन्त्र दिवस । दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) के.पी.ओली समूह निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
अनेरास्ववियुका केन्द्रिय सदस्य एवं नेकपा डोटी जिल्ला कमिटि सचिवालय सदस्य बम बहादुर बम, अनेरास्ववियुकै केन्द्रिय सदस्य डिल बहादुर ऐर, डोटी जिल्ला अध्यक्ष धन बहादुर कुमाल सहितका विद्यार्थी नेता तथा कार्यकर्ताहरुको टोलीले नेपाल रेडक्रस सोसाइटी डोटीभित्र रहेको रक्त सञ्चार केन्द्रमा गएर रक्तदान कार्यक्रम सम्पन्न गरेका हुन् । कार्यक्रममा हर्क कोली, कृष्ण बोगटी र हेम साउँदले एक/एक पिन्ट रगत दान गरेका छन् ।
बेला–बेलामा रगतको अभाव भईरहने हुनाले आफुहरुले थोरै भए पनि रगतको अभावमा सहयोग पुगोस् भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम आयोजना गरेको अनेरास्ववियु डोटीका अध्यक्ष कुमालले बताए ।

No description available.

Leave A Reply

Your email address will not be published.