जलवायु परिवर्तनका विषयमा वन मन्त्री आले र बेलायतका मन्त्री शर्माबीच छलफल

266

विमल विष्ट, काठमाडौँ ।

बेलायतका मन्त्री यवम संयुक्त राष्ट्र संघीय जलवायु परिर्वतन सम्बन्धि पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलनका अध्यक्ष आलोक शर्मा र वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले बिच आज बिहिवार मन्त्रालयमा भेटवार्ता भएको छ ।

भेटवार्तामा आगामी नेभेम्वर २०२१ मा हुने जलवायु परिर्वतन विश्व सम्मेलनमा नेपालको भुमिका तथा योगदान लगायतका विविध बिषयमा छलफल भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित र चासोका विविध विषयमा कुराकानी भएको हो । भेटका क्रममा मन्त्री आलेले नेपालको विकासमा बेलायतले पु¥याएको योगदानका लागि धन्यवाद दिनु भएको थियो ।

No description available.भेटका क्रममा मन्त्री आलेले नेपाल वातावरण परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी दायित्व बहन गर्न आफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका लागि तयार रहेको स्पष्ट पर्नु भएको थियो । नेपालको जलवायु परिर्वतन गर्न योगदान नगन्य मात्रामा भएपनि यसको असरबाट अतिप्रभाबित मुलुक रहेको स्मरण गराउनु हुँदै नेपाललाई अनुकुलनको क्षेत्रमा सहयोग गर्न मन्त्री आलेले आग्रह गर्नुका साथै नजिकिदै गरेको जनवायु परिर्वतन सम्बन्धि विश्व सम्मेलनलाई नेपालले नजिकबाट हेरीरहेको बताउनुभयो ।

मन्त्री आलेले जलवायु परिर्वतनका कारण हाम्रो हिमालहरुमा हिउँ पग्लदै गएको, हिमाली जनजिवन प्रभाबित हुँदै गइरहेको अवस्थामा कोप २६ मा नेपालले आफुलगायत हिमाली मुलुकहरुको विषयबस्तुलाई जोडदारका साथ राखिने जानकारी दिनुभयो ।

भेटघाटका क्रममा बेलायतका मन्त्री यवम संयुक्त राष्ट्र संघीय जलवायु परिर्वतन सम्बन्धि पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलनका अध्यक्ष शर्माले नेपालमा भूकम्पपछिको पुनःनिर्माणमा आर्थिक लगायत सहयोग गर्दै आएको र आगामी दिनमा समेत उक्त कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको छ । अध्यक्ष शर्माले नेपालको लागि जलवायु परिर्वतन अनुकुलनको क्षेत्रमा आवश्यक सहयोग रहने बिश्वास दिलाउनुभयो ।

भेटका क्रममा मन्त्री आलेले बेलायत सरकारबाट नेपालको बिभिन्न क्षेत्रको विकासका लागि उल्लेख्य सहयोग भएकोमा आफु सहित सिङ्गो मन्त्रालय समेत खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिर्वतनका क्षेत्रमा बेलायतले नेपालका लागि उल्लेख्य सहयोग गरेको छ, हामी खुसी भएका छौँ ।” भेटघाटकै क्रममा अध्यक्ष शर्माले जलवायु शिखर सम्मेलनमा नेपालका सम्माननीय प्रधानमन्त्री ज्युले सन् २०५० सम्म नेपालले शुन्य उत्सर्जन गर्ने प्रतिबद्धता जनाएको कुरालाई स्मरण गर्नु भयो ।

No description available.त्यसैगरी अध्यक्ष शर्माले नेपाललाई बिभिन्न मुलुकहरु सहभागि जलवायु परिर्वतन सम्बन्धि एक साझा मञ्च “एडप्टेसन कोलिएसन” मा सहभागि हुँन समेत आग्रह गर्नु भयो । अध्यक्ष शर्माले नेपाललाई आफ्नो राष्ट्रिय प्रतिबद्ध योगदान (एनडिसी) लाई संसोधन गरी बिकसित मुलुकहरुले समेत अनुसरण गर्ने खालको महत्वाकांक्षी योजना बनाउन सुझाब समेत दिनुभयो ।

यसैगरी अध्यक्ष शर्माले आजै वन तथा वातावरण मन्त्रालयमा कार्यरत सचिब तथा अन्य कर्मचारीहरुसँग आगामी जलवायु परिर्वतन सम्मेलनमा आपसी साझेदारी, भावि कार्यदिशा, नेपालको अपेक्षा र नेपालका तर्फबाट गर्नु पर्ने योगदानको विषयमा संयुक्त छलफल गरीएको थियो ।

कर्मचारीहरुसँगको छलफलका क्रममा अध्यक्ष शर्मालाई जलवायु परिर्वतनका विषयमा नेपालले गरेका कामहरुको विषयमा जानकारी दिइएको थियो । छलफलका क्रममा पेरीस सम्झौता कार्यन्वयनका विषयमा नेपालको योजना, लक्षका विषयमा मन्त्री यवम संयुक्त राष्ट्र संघीय जलवायु परिर्वतन सम्बन्धि पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलनका अध्यक्ष शर्मालाई जानकारी गराइएको वन तथा वातावरण मन्त्रालयका सचिब विश्वनाथ ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पेरीस सम्झौता कार्यन्वयनका विषयमा हामीले आफ्ना योजना तथा लक्षका विषयमा जानकारी गराएका छौँ, बेलायती अध्यक्ष ज्युले पनि कोप २६ को अध्यक्षको हैसियतले आफुले गर्न सक्ने सम्पूर्ण सहयोगहरु गर्ने बचन दिनु भएको छ ।”
कर्मचारीहरुसँगको छलफलका क्रममा अध्यक्ष शर्माले जलवायु परिर्वतनको क्षेत्रमा नेपालले गरेका कामहरु निकै राम्रो भएको भन्दै प्रशंसा समेत गर्नु भएको सचिब ओलीले जानकारी दिनुभयो ।

May be an image of 1 person, standing and indoor

अध्यक्ष शर्मासँगको छलफलका क्र्रममा वन तथा वातावरण मन्त्रालयका कर्मचारीहरुले नेपालका पर्वतिय क्षेत्रका मुद्धाहरुलाई अन्राष्ट्रिय स्तरमा बहसमा ल्याउनु पर्ने धारण राखेका थिए । उक्त धारणमा अध्यक्ष शर्माले सकारात्मक धारणा राख्नु भएको थियो । उक्त भेटघाटका क्रममा नेपालका लागि बेलायती राजदुत निकोला पोलीटको पनि सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.