महिलाको सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालको आधार

495

– सिर्जना खड्का (डुम्रेल )

‘महिलाको सुरक्षा, सम्मान र सम्मान र रोजगार : समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ आज १११ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवस नेपालमा भव्यताका साथ सु–सम्पन्न हुदैछ । तर दुर दराजमा बस्ने महिलाको अवस्था अझै उस्तै देखिन्छ । कतिपय गाउँ ठाउँमा अधिकार दिवसकै दिन महिलामाथि अपमानजनक व्यवहार भइरहेका हुन्छन् । शहरको महिलाको तुलनामा ग्रामीण भेगमा बस्ने महिला दिदीबहिनीहरु र शहरमा बस्ने दिदीबहिनीहरुको आर्थिक अवस्था, शैक्षिक अवस्था निकै भिन्न छँदैछ । पछिल्लो समय बढ्दो शहरीकरणसंगै महिलाहरु विभिन्न सीप सिकेर स्वरोजगार बन्ने प्रयासमा छन् । विदेशबाट श्रिमानले पठाएको पैसालाई सहकारीमा संलग्न भई बचाउने र श्रिमानलाई स्वदेशमै उधोग तथा सीप अनुसारको व्यवसाय गर्दैछन् । शहरको कतिपय महिला दिदिबहिनी समेत विदेशमा गएर पुरुषले झैं सीप अनुसारको साहस गरि घर परिवार श्रिमान पाल्दैछन । श्रिमान सासु ससुरा छोराछोरी सबैलाई खुशी बनाउन सफल समेत देखिन्छन् । विभिन्न तथ्यांकहरुले पछिल्लो समय नेपाल गरिबीको मुलुकबाट माथि उठे जस्तो देखिए पनि सकारात्मक सोचको अभावले महिला तथा पिछडिएको वर्गको अवस्थामा सुधार ल्याउन सरकारले सकेको छैन । सरकारले विभिन्न प्रयास गरेता पनि महिलाहरुको सिधै पहुँच छैन । सामान्यतया सुदूरका दुर दराजमा सम्भव तत्काल छैन । पश्चिम सेती लगायतका राष्ट्रिय गौरवका योजना अलपत्र छन् । महिला सम्मान भन्नु पनि उहीँ पश्चिम सेती परियोजना जस्तै हो । नारी दिवसको दिन केही महिलालाई सम्मान गरिन्छ, तर सम्मान गरिएको भोलि पल्टदेखि उस्को खुट्टा तान्ने गरिन्छ । अँझै गम्भीर कुरा महिलाले महिलालाई सम्मान गर्न सकिरहेका छैनन्, त्यसकारण पनि महिलालाई अघि बढन कठिन छ । विभिन्न दलका आडमा गाउँ/नगर, जिल्ला समन्वयका उपाध्यक्ष, उप प्रमुखसम्म निर्वाचित हुन्छन् । ती निर्वाचित जनप्रतिनिधिलाई सम्मान पनि छ । डोटीमा नगर प्रमुखसम्म पनि महिला छन् । यसमा गर्व लाग्छ । देशमा राष्ट्रपति छन गर्व लाग्छ । केही जिल्लामा महिला सिडिओ पनि छन् गर्व लाग्छ । प्रहरी संगठनका विभिन्न पोष्ट तथा उच्च ओहोदामा छन् गर्व लाग्छ । उहाँलाई सम्मान गर्छौ । तर उनले हामीलाई सम्मान गर्न धेरै ठूलो कुरा हो, तर सम्झन समेत सक्दैनन् । दुर दराज बस्ने महिलालाई सम्मान नभए अपमान हुनु हुदैन । कम्तिमा समाजमा राम्रा काम गर्ने जो कोहि समाजसेवि महिलालाई गाउँ नगरका जनप्रतिनिधिहरुले सम्मान गर्न सकोस । किनकि महिलाहरुको पनि मतदानबाट जनप्रतिनिधि भएका हुन । महिला जनप्रतिनिधिहरु अघि बढनुपर्छ । अब गाउँपालिका उपाध्यक्ष, नगरका उप प्रमुख र जिल्ला समन्वयका उपप्रमूखमा सिमित नभएर आगामी चुनावबाट निर्वाचित भएर गाउँपालिका अध्यक्ष, नगरका प्रमुख र जिल्लाका समन्वय प्रमूखदेखि प्रधानमन्त्री बन्न सकुन् । हामी भारि मत दिन्छौं त्यसकारण हिम्मत पनि बढोस । अनि मात्र महिलाको सम्मान हुने वातावरण बन्न सक्छ भन्ने मलाई लाग्छ । दुर दराजमा बस्ने महिला बढी मिहिनेति र इमानदार हुन्छन् ।
हाम्रो सायल गाउँपालिकामा दर्जनौं सहकारी गठन भए कतिपय हराएर गए । कतिपय छदैछन् । तर हाम्रो लगनशील महिला तथा साना किसान सहकारी झन् मजुबत एवं संगठित भएर अघि बढी रहेको छ । हाम्रो सहकारीलाई स्थानीय सरकारको सहयोग छ । प्रदेश सरकारको सहयोग छ । विभिन्न गैरसरकारी संस्थाहरुको सहयोग छ । कारण सहकारीमा आबद्ध महिला निकै मिहिनेती छन् । पछिल्लो समय विभिन्न सीप सिकेर कतिपय दिदिबहिनी आफ्नो खुट्टामा उभिन सक्षम छन् । कतिपय सीप सिक्न तयार अवस्थामा छन । गाउँपालिका स्तरको यस लगनशील महिला तथा साना किसान सहकारीको पहुँच सायलका सबै टोलमा छ । टोल–टोलमा समुह छन् । समुहले सकारात्मक प्रतिस्पर्धा गरिरहेका छन । कृषि पेशा रातदिन जुटेका दिदीबहिनी स्वयं प्रेरणाका पात्र बनेका छन् । सहकारी हुनु अघि र पछि महिलाको वास्तविक हरेक अवस्थामा उल्लेखनीय सुधार हुँदै गएको पाएका छौं । यस सहकारीमा ८ सय भन्दा बढी महिला सदस्य छन् । हाम्रो नेतृत्वमा २०६९ सालमा २५ जना सेयर सदस्यबाट गठन भएको यस सहकारीले अहिले बृहत् एवं विकसित रुप लिएको छ । उतिबेला बचत तथा ऋणको काम गर्दै अघि बढेको थियो भने पछिल्लो समय कृषि सहकारीमा परिणत गरेका छौ । किनकि गाउँमा धेरै महिला दिदीबहिनी कृषि पेशामा संलग्न हुनुहुन्छ । त्यसकारण समय अनुसार चल्न सक्ने बेग्लै क्षमता भएको सहकारी भनेर चिनाउन सफल भयौं ।अबको अभियान सहकारीमा संलग्न सबै सदस्यलाई स्वरोजगार बनाउने, सीप नसिकेकालाई सीप सिकाउने, सिकाइ अनुसार सफलता हासिल गर्ने सदस्यलाई सम्मान गर्ने, सहकारी शिक्षा बढाउने, सरसफाइ सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु निरन्तर जारी राख्ने ,सहकारीको नव निर्माण भवन भित्र क्ष्ःभ् सेवा सञ्चालन गर्ने, गाउँमै उद्योग खोल्ने, त्यो मात्र होइन एक सदस्यले अर्को सदस्यलाई सक्दो सहयोग गर्ने, विभिन्न अधिकार दिवस सहकारी स्वयंले मनाउने, सुरक्षाका लागि सबै चनाखो भई अघि बढने, आत्म निर्भर बन्ने, दयाले तथा आरक्षणले होइन कि महिलाहरु विभिन्न परीक्षामा प्रतिस्पर्धा गरेर अघि बढने भावनात्मक विकास गर्ने रहेको छ । यसरी हातेमालो गरि अघि बढने महिलाको उन्नति बढी सम्मान हुन्छ भन्ने मलाई विश्वास छ । अबको रणनीति महिलाको सुरक्षा सम्मान गर्न हरेक सरकारि निकाय स्पेसल गरि नेपाल प्रहरी अघि बढोस । रोजगारिका लागि विभिन्न तहका सरकारसँग बृहत् योजना तथा कार्यक्रम होस, विदेशीन बाध्य भएका युवालाई समेटिएको सरकारि कार्यक्रम गाउँबाट शुरुवात होस अनि मात्र समृद्धि हुन सक्छ भन्ने मलाई लाग्छ ।
(लेखक लगनशील महिला तथा साना किसान सहकारी संस्था लिमिटेड सायल – ५, देवारमाण्डु, डोटीका अध्यक्ष हुन् ।)

Leave A Reply

Your email address will not be published.