डोटीको सायल गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

447

प्रेम नेपाली
चैत्र २९, डोटी ।

डोटीको सायल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । भौगोलिक हिसाबले जिल्ला सदरमुकामबाट टाढा रहेको सायल गाउँपालिकालाई पुर्णखोप सुनिश्चित गर्न कठिनाइ भएता पनि महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मिहरु ६ वटै वडाका प्रत्येक टोल–टोलमा गएर खोप कार्यक्रम संचालन गरि महत्वपूर्ण योगदान गरेकोले पूर्ण खोप सुनिश्चित गर्न सहयोग मिलेको गाउँपालिका अध्यक्ष तथा पूर्णखोप समन्वय समिती संयोजक तेज बहादुर डुम्रेलले बताए । कार्यक्रमका सभा–अध्यक्ष समेत रहनु भएका अध्यक्ष डुम्रेलले १६ देखि २३ महिनाका बालबालिकाहरुलाई पूर्ण खोप सुनिश्चित गराउनमा महत्वपूर्ण योगदान पुर्याउने स्वास्थ्य संस्थाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका लगायत गाउँपालिकालाई पुर्णखोप सुनिश्चित गर्नमा सहयोग गर्ने विभिन्न निकाय तथा व्यक्तिहरुलाई डुम्रेलले धन्यवाद समेत ज्ञापन गरे ।
सायल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवराज जोशीले पूर्णखोप सुनिश्चितता पालिका घोषणा समारोहमा प्रतिवेदन प्रस्तुत गर्दै १६ देखि २३ महिनाका बालबालिकाहरुलाई पूर्ण खोप सुनिश्चित गराउने क्रममा गाउँपालिकाको वडा नम्बर १ छपालीमा ६९ जना बालबालिका, वडा नम्बर २ मा ५२, वडा नम्बर ३ मा ८५, वडा नम्बर ४ मा ३६, वडा नम्बर ५ मा ३५ र वडा नम्बर ६ मा ८४ गरि ६ वटै वडाका जम्मा ३ सय ६१ जना बालबालिकाहरुले पुर्ण रुपमा खोप सुनिश्चित गरेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सुर्य बिष्टले नेपालको कानुन अनुसार सबै बालबालिकाहरुले पूर्ण रुपमा खोप पाउनुपर्ने नैसर्गिक अधिकार भएकोले सोही अनुरुप स्वास्थ्यकर्मीहरुले आफ्नो जिम्मेवारी पूरा गर्न लागि परेको बताए । साथै आफू र आफ्नो कार्यालय मार्फत गर्नुपर्ने सहयोग आवश्यकताको आधारमा गरिरहने पनि प्रतिवद्धता ब्यक्त गरे ।
पूर्णखोप सुनिश्चितता पालिका घोषणा समारोहमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले सन्देशमूलक देउडा गीतहरु समेत प्रस्तु गरेका थिए ।

Leave A Reply

Your email address will not be published.