नमस्ते नेपालका संयोजक खड्काद्वारा डोटीमा अटो व्यवसायीलाई पीपीई सेट वितरण
जेठ ८, डोटी ।
नमस्ते नेपाल नामक सँस्थाले शनिबार डोटीमा अटो व्यवसायिहरुलाई पीपिई सेट लगाएत स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको छ ।
कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा अवधीमा पनि बिरामीहरुलाई ओसारपसारमा सहयोगी बनेका अटो व्यवसायीहरुलाई स्वास्थ्य सुरक्षा अपनाउन सहज होस भनेर सामाग्री सहयोग गरिएको नमस्ते नेपालका संयोजक शैलेन्द्र खड्काले बताए ।
दिपायल क्षेत्रमा बिरामीको लागि सहज सेवा प्रदान गर्दै आएका अटो व्यवसायीहरुका लागि भागेश्वर अटो व्यवसायी संघका अध्यक्ष महेन्द्र मल्ललाई पीपिई सेट, सर्जिकल मास्क, फेस सिल्ड लगाएत सामाग्री प्रदान गरेको खड्काले बताए ।
तीन वटा अटो व्यवसायीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको जनाईएको छ ।