डोटीको जोरायलमा बहिराहरुका लागि १० दिने सांकेतिक भाषा तालीम शुरु

723

भाद्र २९, डोटी ।
डोटीको जोरायल गाउँपालिकामा बहिराहरुका लागि १० दिने सांकेतिक भाषा तालीम शुरु भएको छ ।
जोरायल गाउँपालिकाको आर्थिक सहयोगमा डोटी बहिरा संघले तालिमको आयोजना गरेको हो ।
बहिरा मानिसहरुलाई भाषा सञ्चार गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाली भाषा तालिमको आयोजना गरिएको डोटी बहिरा संघका अध्यक्ष योगेन्द्र बोगटीले बताए ।
गाउँपालिकाको ६ वटै वडाका गरि जम्मा २१ जना सहभागी रहेको तालिममा वीर बहादुर मडै र पुष्ण पुनमगरले प्रशिक्षण दिइरहेका छन् ।
तालिमको सोमबार जोरायल गाउँपालिका डोटीका अध्यक्ष दुर्गादत्त ओझाले समुद्घाटन गरेका थिए । गाउँपालिकाको तर्फबाट बहिरा व्यक्तिहरु लगाएत सबै खालका अपाङ्गता भएका मानिसहरूलाई गाउँपालिका सहयोग गर्न तयार रहेको उनलेे बताए ।
बहिरा व्यक्तिहरुलाई सांकेतिक भाषा सीप सिकाएर उनीहरुको जीवन निर्वाह गर्न सहज होस भन्ने उद्देश्यले जोरायल गाउँपालिकाको सहयोगमा तालीम आयोजना गरिएको जोरायल गाउँपालिका डोटीका उपाध्यक्ष जमुना बोहराले बताइन् ।
हिजो सोमबारदेखि शुरु भएको उक्त सांकेतिक भाषा तालीम आगामी असोज ६ गतेसम्म संचालन हुने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.