प्रदेश १ मा सत्ता गठबन्धन पराजित, एमाले उम्मेद्वारको शानदार जित

289

माघ १२, डोटी ।
राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई हराउँदै नेकपा एमालेका सोनम ग्याल्जेन शेर्पा अल्पसंख्यक क्षेत्रबाट राष्ट्रिय सभाको निर्वाचनमा विजयी हुनुभएको छ ।
सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । शेर्पाको विजयले गठबन्धनको क्लिनस्वीपमा ब्रेक लागेको छ । उनी अल्पसंख्यक क्षेत्रबाट उम्मेदवार बनेका थिए । शेर्पाले ४७३४ मत भारसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी हेमराज राई पराजित बनेका छन् । जसपाका राईलाई गठबन्धनले अगाडि सारेको थियो ।
राष्ट्रियसभा सदस्यको १९ रिक्त पदका लागि आज भएको मतदान शान्तिपूर्ण र उत्साहजनकरुपमा सम्पन्न भएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार निर्वाचनमा दुई हजार सात मत खसेको छ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान भएको हो । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ जयन्ती राई निर्वाचित भएकी छन् । – पाथिभरा डेलीबाट

Leave A Reply

Your email address will not be published.