यि हुन् जोरायल गाउँपालिकामा एमाले नेतृत्वमा ५ वर्षसम्म भएका कामहरु :
बैशाख १३, डोटी ।
नेकपा एमाले जोरायल गाउँपालिका कमिटिले डोटीको जोरायल गाउँपालिकामा एमाले नेतृत्वको सरकारले गरेका काम तथा उपलब्धीहरु सार्वजनिक गरेको छ । वि.सं. २०७४ सालमा पहिलो पटक सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट गाउँपालिका नेतृत्वमा एमाले उम्मेदवारहरु विजयी भएपछि भए गरेका कामहरु एमालेले सार्वजनिक गरेको हो ।
२०७४ मा जोरायल गाउँपालिकामा एमालेका तर्फबाट अध्यक्षमा दुर्गादत्त ओझा, उपाध्यक्षमा जमुना बोहरा लगाएत ३ वटा वडा अध्यक्ष सहित गाउँपालिकाको कार्यपालिकामा स्पष्ट बहुमत प्राप्त गरेको थियो ।
एमालेले सार्वजनिक गरेका काम तथा उपलब्धिहरु जस्ताको त्यस्तै हेर्नुहोस् –
– गाउँपालिकाले हालसम्म ऐन २४ वटा, कार्यविधि ४२ वटा, मापदण्ड ३ वटा, निर्देशिका २ वटा, अचारसंहिता १ वटा र नियमावली २ वटा गरी जम्मा ७४ वटा कानून तयारी गरी कार्यान्वयन भएको ।
– गाउँपालिकाको आफ्नै २ तले प्रशासनीक भवन निर्माण गरी सञ्चालनमा ल्याएको ।
– गाउँपालिका अन्तर्गतका विषयगत शाखा तथा वडा कार्यालयहरुमा आफ्नै भवनबाट सेवा संचालन भएको ।
– गाउँपालिका अध्यक्ष निवास भवन निर्माण कार्य सम्पन्न भएको ।
– जोरायल आयुर्वेदिक औषधालय भवन निर्माण कार्य सम्पन्न भएको ।
– जोरायल रेडक्रस भवन निर्माण सम्पन्न भएको ।
– घण्टेश्वर स्वास्थ्य चौकी भवन निर्माण कार्य सम्पन्न भएको ।
– गैरा सामुदायिक स्वास्थ्य केन्द्र भवन निर्माण कार्य सम्पन्न भएको ।
– खैगाड सामुदायिक स्वास्थ्य केन्द्र भवन निर्माण कार्य सम्पन्न भएको ।
– महिला प्रशासकीय भवन वडा नं २ मा निर्माण कार्य सम्पन्न भएको ।
– औद्योगिक ग्राम निर्माण कार्यका लागि प्रशासकीय भवन निर्माण र घेरबारको कार्य सम्पन्न भएको ।
– जोरायल ४ मा खेलग्राम निर्माण कार्य सुरु भएको ।
– न्यायिक समितिको भवनका लागि डिपिआर तयार भएको ।
– गाउँपालिकाभित्र विभिन्न वडा अन्तर्गत नवलपुर, कोटेली, लस्कर, सुनिखोला, बसौटी विद्यालय, बाघबजार बेत्राईना, डुगेबजार, तेलपारा, खपरखोला, धनराश खेत, गोल्ला, पिपलकण्डे, भजना, धनराश, बिछलखोला लगाएत ठाउँमा तटबन्ध कार्य भएको ।
– गाउँपालिकाभित्र विभिन्न वडाहरुमा करीब १५ वटा सिँचाई कुलो तथा नहर निर्माण कार्य सम्पन्न भएको ।
– जोरायल–गडसेरा सडक निर्माण गरिएको ।
– जोरायल–निरौली सडक निर्माण गरिएको ।
– जोरायल–घण्टेश्वर सडक निर्माण गरिएको ।
– जोरायल–गडाखर्क सडक निर्माण गरिएको ।
– गाउँपालिकाको केन्द्रदेखि ६ वटै वडाका केन्द्रसम्म सडक संजालले जोडिएको साथै वडा अन्तर्गत विभिन्न बस्तीहरु जोड्ने ३४० कि.मि. जति करिव ४० वटा शाखा सडकहरु निर्माण भएका ।
शिक्षातर्फ
– गाउँपालिका भित्रका २३ वटा सामुदायिक विद्यालयहरुमा ५४ वटा कक्षाकोठाहरु निर्माण भएको ।
– गाउँपालिका भित्रमा १० वटा सामुदायिक विद्यालयहरुमा वास सुविधाहरु सहितको शौचालय निर्माण भएको ।
– गाउँपालिका भित्रमा १२ वटा माध्यमिक विद्यालयहरुमा पुस्तकालय स्थापना भएको ।
– गाउँपालिका भित्रमा ८ वटा माध्यमिक विद्यालयहरुमा विज्ञान प्रयोगशाला स्थापना भएको ।
– गाउँपालिका भित्रमा ६ वटा सामुदायिक विद्यालयहरुमा ICT LAB स्थापना भएको
– गाउँपालिका भित्रमा ८ वटा सामुदायिक विद्यालयहरुमा अंग्रेजी, गणित र विज्ञान विषयका लागि KIT अनुदानको व्यवस्था गरिएको ।
– गाउँपालिकाबाट २३ वटा बालबिकास केन्द्र स्थापना, संचालन तथा व्यवस्थापन भएको ।
– गाउँपालिका भित्रका ३२ वटा विद्यालयलाई शिक्षक अनुदानको व्यवस्था भएको ।
– वार्षिक शैक्षिक क्यालेण्डर प्रकाशन तथा वितरण भएको ।
– आधारभूत तह (१-३) को स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठन कार्य शुरु गरिएको ।
– विद्यालयहरुमा विषयगत आधारमा निमावि र मावि तहका शिक्षकहरुको दरबन्दी मिलान कार्य भएको र प्रावि तहको हकमा प्रारम्भिक चरणमा दरबन्दी मिलान कार्यका लागि प्रक्रिया अगाडी बढाइएको ।
– जोरायल शिक्षा पाश्र्वचित्र तयार भएको ।
– जोरायल १० वर्षे गाउँ शिक्षा योजना निर्माण भएको ।
– आधारभूत तह उत्तीर्ण कक्षा ८ को परिक्षा IEMIS .
– बालविकास केन्द्रका शिक्षकहरुलाई शैक्षिक सामाग्री वितरण कार्यलाई निरन्तरता दिईएको ।
– बालविकास केन्द्रका शिक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम संचालन भएको ।
– रामपुर माध्यमिक विद्यालय बुडरमा सांकेतिक भाषाको तालिम संचालन गरी प्रभावकारी कार्यान्वयन भएको ।
पन्जीकरणतर्फ
– वि.सं. २०७५ चैत्रसम्मका हस्तलिखित व्यक्तिगत घटना दर्ताहरुलाई डिजिटल रुपमा अनलाईन दर्ता काय भएको ।
– सम्पूर्ण वडामा रहेका सामाजिक सुरक्षा भत्ता बैङ्किक प्रणाली मार्फत करीव ३७०० जना लभाग्राहीको खातामा जम्मा गरी वितरण कार्य भएको ।
– सम्पूर्ण वडाका वडा सचीवहरुलाई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी तालिम संचालन भएको ।
– प्रत्येक वडा कार्यालयमा इन्टरनेटको व्यवस्था गरी सबै वडाबाट अनलाईन व्यक्तिगत घटना दर्ता कार्य शुरु भएको ।
– गाउँपालिका भित्रका सम्पूर्ण वडाहरुमा कम्प्युटर, प्रिन्टर, स्क्यानर वितरण गरि व्यवस्थापन गरिएको ।
– वडाहरुमा १० दिने निःशुल्क व्यक्तिगत घटना दर्ता शिविर संचालन गरी सेवा प्रदान गरिएको ।
– सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नवीकरण कार्य निरन्तर रुपमा अद्यावधिक गरिएको ।
– सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुको अनलाईन परिचय पत्र वितरण कार्य भएको ।
स्वास्थ्यतर्फ
– गाउँपालिका भित्रका दुर्गम बस्तीहरुलाई मध्यनजर गरी ८ वटा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गरी स्वास्थ्य सामाग्री सहित स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको ।
– गाउँपालिका भित्रका प्रत्येक स्वास्थ्य संस्थाहरुमा ल्याव सेवा संचालन गरी प्रयोगमा ल्याईएको ।
– गाउँपालिका भित्रका आमा समूहहरुमा स्वास्थ्य, सरसफाई प्रवर्द्धन तथा सामाजिक व्यवहार परिवर्तनको लागि आमा समूहमा स्वास्थ्यकर्मी परिचालन गरिएको ।
– गाउँपालिका भित्रका बर्थिङ सेन्टरहरुको गुणस्तर बृद्धि गर्न उपकरण तथा सामाग्रीहरुको व्यवस्थापन गरिएको ।
– कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि कोभिड सुरक्षा सामाग्री तथा उपकरणहरुको व्यवस्थापन गरिएको ।
– गाउँपालिकाभित्र अस्थायी कोभिड अस्पताल स्थापना तथा निर्माण कार्य सम्पन्न भई स्वास्थ्यकर्मी र स्वास्थ्य सामाग्रीको व्यवस्था गरिएको ।
– गाउँपालिकाभित्र ५ वटा गाउँघर क्लिनिक तथा खोप क्लिनिक भवन निर्माण कार्य सम्पन्न भएको ।
– गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा बैकल्पिक उर्जाको लागि सोलार जडान गरेको ।
– गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा सूचना प्रविधि सामाग्रीहरुको व्यवस्था गरिएको ।
– स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सेवाको प्रभावकारीता बढाउन स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्स्वयंविकाहरुलाई तालिमको व्यवस्था गरिएको ।
– गाउँपालिकाको केन्द्र नजिक रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा MBBS डाक्टरको व्यवस्था गरि थप स्वास्थ्य सुविधाहरुको व्यवस्था गरिएको ।
सूचना प्रविधितर्फ
– गाउँपालिकाको Village Profile तयार भएको ।
– गाउँपालिकामा तथा वडा कार्यालयहरुमा व्रोडव्याण्ड इन्टरनेट सेवा सुचारु भएको ।
– जोरायल गाउँपालिकाको Mobile Application तयार भई संचालनमा रहेको ।
– जोरायल गउँपालिकाका सूचनाहरु डिजिटल सूचना पाटीमा प्रकाशन गर्ने गरिएको ।
– जोरायल गाउँपालिकाको आधिकारिक वेभसाईट दैनिक रुपमा अद्यावधिक गर्ने गरिएको ।
– जोरायल गाउँपालिकाको प्रशासनीक भवनमा सिसिटिभी जडान गरी संचालनमा रहेको ।
– जोरायल गाउँपालिका भित्रका वडा कार्यालय तथा विषयगत शाखाहरु सूचना प्रविधिमैत्री भएको
– जोरायल गाउँपालिकामा इलेक्ट्रिकल डिजिटल बोर्डको व्यवस्था भएको ।
– गाउँपालिका केन्द्र नजिकका बजारमा सडक बत्तीको व्यवस्था भएको ।
वडा नं १ मा
– वडा नं १ भित्र करीव ६० किमि कच्ची शाखा सडक निर्माण कार्य भएको ।
– वडा नं १ भित्र ४ वटा लिफ्ट खानेपानी सहित करीव १७ वटा खानेपानी योजना मर्मत तथा निर्माण कार्य सम्पन्न भएको ।
– वडा नं १ भित्रका विभिन्न समुदायमा ८ वटा सिचाई योजना निर्माण तथा मर्मत कार्य सम्पन्न भएको ।
– वडा नं १ भित्रका विभिन्न समुदायमा १२ वटा मन्दिर निर्माण योजना निर्माण तथा मर्मत कार्य सम्पन्न भएको ।
वडा नं २ मा
– वडा नं २ भित्र करीव ४० किमि कच्ची शाखा सडक निर्माण कार्य भएको ।
– वडा नं २ भित्र करीव १२ वटा खानेपानी योजना मर्मत तथा निर्माण कार्य सम्पन्न भएको ।
– वडा नं २ अन्तर्गत उल्जे र देउजालमा ट्रस पुल निर्माण कार्य सम्पन्न भई संचालनमा रहेको ।
– वडा नं २ भित्रका विभिन्न समुदायमा ४ वटा सिचाई योजना निर्माण तथा मर्मत कार्य सम्पन्न भएको ।
– वडा नं २ भित्रका विभिन्न समुदायमा १३ वटा मन्दिर निर्माण योजना निर्माण तथा मर्मत कार्य सम्पन्न भएको ।
– वडा नं २ भित्र आमा समूहहरुका ५ वटा भवन निर्माण कार्य सम्पन्न ।
वडा नं ३ मा
– वडा नं ३ भित्र करीव ७६ किमि कच्ची शाखा सडक निर्माण कार्य भएको ।
– वडा नं ३ भित्र करीव २० वटा खानेपानी योजना मर्मत तथा निर्माण कार्य सम्पन्न भएको ।
– वडा नं ३ भित्र विभिन्न वडा अन्तर्गत नवलपुर, कोटेली, लस्कर, सुनिखोला तटबन्धन कार्य सम्पन्न भएको ।
– वडा नं ३ अन्तर्गत रिठारा र ठुलढुङ्गा झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको ।
– वडा नं ३ भित्रका विभिन्न समुदायमा करीव १७ वटा सिचाई योजना निर्माण तथा मर्मत कार्य सम्पन्न भएको ।
– वडा नं ३ भित्रका विभिन्न समुदायमा १४ वटा मन्दिर निर्माण योजना निर्माण तथा मर्मत कार्य सम्पन्न भएको ।
– वडा नं ३ मा सार्वजनिक शौचालय निर्माण कार्य सम्पन्न भएको ।
– क्रिश्चियन चर्च भवन निर्माण कार्य सम्पन्न ।
– आमा समूह, गाउँघर क्लिनिक, सत्सम भवन निर्माण कार्य सम्पन्न ।
वडा नं ४ मा
– वडा नं ४ भित्र करीव ८० किमि कच्चीशाखा सडक निर्माण कार्य भएको ।
– वडा नं ४ भित्र थली र ऐतोडामा लिफ्ट खानेपानी योजना निर्माण कार्य शुरुभएको तथा वडाभरी करीव २० वटा खानेपानी योजना मर्मत तथा निर्माण कार्य सम्पन्न भएको ।
– वडा नं ४ भित्र पिपलकण्डे, खैरिखोला, भजना र कुमरा कर्नासी नदीमा तटबन्धन योजना कार्य सम्पन्न भएको ।
– वडा नं ४ भित्रका कल्मटा, भजना, गोल्ला, काफली र कुमुरा बस्तीमा विद्युत विस्तार कार्य भएको तथा बाँकी बस्तीहरुमा विद्युत विस्तारका लागि पोलको व्यवस्था भएको र तारको टेण्डर प्रक्रियामा रहेको ।
– वडा नं ४ अन्तर्गत सौघाट झोलुङ्गे पुल निर्माण कार्य शुरु भई संचालनमा रहेको ।
– वडा नं ४ भित्रका विभिन्न समुदायमा ४ वटा सिचाई योजना निर्माण तथा मर्मत कार्य सम्पन्न भएको ।
– वडा नं ४ भित्रका विभिन्न समुदायमा ५ वटा मन्दिर निर्माण योजना निर्माण तथा मर्मत कार्य सम्पन्न भएको ।
वडा नं ५ मा
– वडा नं ५ भित्र करीव ४० किमि कच्ची शाखा सडक निर्माण कार्य भएको ।
– वडा नं ५ भित्र करीव १४ वटा खानेपानी योजना मर्मत तथा निर्माण कार्य सम्पन्न भएको ।
– वडा नं ५ अन्तर्गत ३ वटा स्ल्याव पुल निर्माण कार्य सम्पन्न भएको ।
– वडा नं ५ भित्रका विभिन्न समुदायमा ६ वटा सिचाई योजना निर्माण तथा मर्मत कार्य सम्पन्न भएको ।
– वडा नं ५ भित्रका विभिन्न समुदायमा ११ वटा मन्दिर निर्माण योजना निर्माण तथा मर्मत कार्य सम्पन्न भएको ।
वडा नं ६ मा
– वडा नं ६ भित्र करीव ४५ किमि कच्ची शाखा सडक निर्माण कार्य भएको ।
– वडा नं ६ भित्र करीव १३ वटा खानेपानी योजना मर्मत तथा निर्माण कार्य सम्पन्न भएको ।
– वडा नं ६ अन्तर्गत तेलपारा झोलुङ्गे पुल निर्माण कार्य शुरु भई कार्य संचालनमा रहेको ।
– वडा नं ६ भित्रका विभिन्न समुदायमा ८ वटा सिचाई योजना निर्माण तथा मर्मत कार्य सम्पन्न भएको ।
– वडा नं ६ भित्रका विभिन्न समुदायमा ७ वटा मन्दिर निर्माण योजना निर्माण तथा मर्मत कार्य सम्पन्न भएको ।
विपद व्यवस्थापनतर्फ
– गाउँपालिकको स्थानीय विपद् तथा जलवायुजन्य उत्थानशिल योजना, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विपद् तथा जलवायुजन्य जोखीम पार्श्वचित्र निर्माण।
– आपतकालिक कार्यसंचालन केन्द्र स्थापना भएको ।
– ३० वटा विद्यालयमा विद्यालय जोखीम न्यूनिकरणका कार्य, जसमा खेलमैदान घेरवार, खेलमैदान मर्मत, बाटो मर्मत, विद्यालय भवन वरन्डा र सिढिमा रेलीङ आदि ।
– ५ वटा विद्यालयमा चट्याङ प्रतिरोधि डिभाईस जडान ।
– गाउँपालिकामा २२ जनालाई प्राथमिक उपचार, आपतकालिन खोज तथा उद्धार तालिम सिप विकास ।
– ३६ वटा विद्यालयका ३६ जना शिक्षकहरुलाई संकटा सन्नता क्षमता विशरलेशण, खोज तथा उद्धार तथा प्राथमिक उपचार सम्वन्धि तालिम तथा सिप विकास ।
– ४ हजार जनालाई विपद जोखीम न्यूनिकरण तथा ब्यवस्थापनको बारेमा अभिमुखीकरण ।
कृषितर्फ
– अध्यक्ष विशेष कृषि विकास कार्यक्रम अन्तर्गत विभिन्न वडाहरुमा मेसिनरी औजार, कृषि सामाग्री वितरण, सिचाई पोखरी निर्माण, विउँ मल विषादी वितरण कार्यलाई निरन्तर रुपमा संचालन गरिएको ।
– प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना अन्तर्गत विभिन्न वडा न १, २, ३ र ६ मा तरकारी, अदुवा, वेसार, सुन्तला जात फलफुलका विरुवा तथा विउ वितरण कार्यका साथै सिँचाई पोखरी, कुलो निर्माण कार्यलाई निरन्तर रुपमा संचालन गरिएको ।
– नियमित वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका विभिन्न वडाहरुमा सिजन अनुसारका तरकारी मिनिकिटहरु वितरण गरिएको ।
– गाउँपालिका भित्रका विभिन्न समुदायहरुमा वर्षे तथा हिउँदे फलफुल विरुवा वितरण कार्यलाई निरन्तर रुपमा संचालन गरिएको ।
– बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत वर्षे तथा हिउँदे फलफुल विरुवा वितरणका साथै सिचाईका सामाग्रीहरु, तरकारी मिनिकिट वितरण कार्यलाई निरन्तर रुपमा संचालन गरिएको ।
– गाउँपालिका भित्रका विभिन्न समुदायमा सिचाई कुलो, नहर, पोखरी मर्मत तथा निर्माण भएको ।
– गाउँपालिका भित्र मौरी घार तथा आलु विउ वितरण कार्यक्रमलाई निरन्तर रुपमा संचालन गरिएको ।
– गाउँपालिका भित्र कृषि मेला प्रदर्शनी कार्यक्रमलाई निरन्तर रुपमा संचालन गरिएको ।
पशु सेवातर्फ
– गाउँपालिकाभित्रका २२ वटा व्यवसायिक बाख्रापालन फार्महरुलाई फार्म सुधार अनुदान प्रदान गरी व्यवसायिक बाख्रा पालनमा जोड दिइएको ।
– गाउँपालिका भित्रका १३ वटा व्यवसायिक कुखुरापालन फार्महरुलाई फार्म सुधार अनुदान प्रदान गरी व्यवसायिक कुखुरा पालनमा जोड दिइएको ।
– गाउँपालिका भित्रका विभिन्न वडाहरुमा विपन्न वर्ग लक्षित बाख्रा पालन अनुदान मार्फत ९१ जना एकल महिला, दलित, जनजाती तथा विपन्न वर्गलाई बाख्रा खरिदका लागि अनुदान दिने कार्यलाई निरन्तर रुपमा संचालन गरिएको ।
– गाउँपालिका भित्रका २५ वटा बाख्रापालन फार्महरुलाई नस्ल सुधारका माध्यमबाट स्तरोन्नती गर्न ५० प्रतिशत बोयर क्रस बोका वितरण कार्यलाई निरन्तर रुपमा संचालन गरिएको ।
– गाउँपालिका भित्रका विभिन्न मासु पसलहरुलाई स्वच्छ मासु उत्पादनमा सहयोग हुने उद्देश्य राखी मासु पसल सुधार अनुदान प्रदान कार्यलाई निरन्तर रुपमा संचालन गरिएको ।
– गाउँपालिका अन्तर्गत वडा नं ३ र ४ वरम, गाँजरीमा भैसीको साना व्यवसायी कृषि उत्पादन केन्द्र (पकेट) कार्यक्रम अन्तर्गत १६ वटा मुर्रा क्रस भैसी वितरण, १६ वटा हाते च्याप कटर, १६ वटा भैसी गोठ सुधारको व्यवस्था गरिएको ।
– गाईभैसीलाई नस्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम निरन्तर रुपमा संचालन गरिएको ।
– गाउँपालिका भित्रका २४० जना विपन्न वर्गका व्यक्तिहरुलाई प्रति परिवार २० चल्लाका दरले डिवल प्रपोज कुखुरा वितरण कार्यक्रम सम्पन्न गरिएको ।
– जोरायल गाउँपालिका वडा नं ४ थलीमा वोयर बाख्रा स्रोत केन्द्रको रुपमा विकास गर्न २८ परिवारलाई प्रति परिवार १ वटाका दरले २८ वटा ५० प्रतिशत वोयर क्रस बाख्रा तथा २ वटा बोका वितरण कार्य सम्पन्न गरिएको ।
– गाउँपालिकाभित्र भैसीमा नस्ल सुधार मार्फत उत्पादन बृद्धी गर्न ५ वटा मुर्रा क्रस राङ्गा वितरण गरिएको ।
– गाउँपालिकाभित्र मत्स्य मिसन कार्यक्रम अन्तर्गत १६ वटा पोखरी निर्माण अनुदान कार्यक्रम शुरु भई संचालनमा रहेको ।
– गाउँपालिकाभित्र बंगुरपालन फार्म सुधार कार्यक्रम अन्तर्गत बंगुरपालन फार्मलाई अनुदान प्रदान गरिएको ।
– गाउँपालिकाबाट टाढा रहेका समुदायहरुलाई पशु उपचार सेवालाई सहज बनाउन विभिन्न वडाहरुमा प्राविधिकको व्यवस्था गरिएको तथा विभिन्न समयमा निःशुल्क पशु स्वास्थ्य शिविर संचालन गरिएको ।
– पशु आहारामा टेवा पुर्याउने उद्देश्यले पशुपालन फार्म, पशुपालन समूह तथा कृषकहरुलाई विभिन्न सिजन अनुसारका घाँसका विउँहरु वितरण गरिएको ।
– गाउँपालिका भित्रका कृषकहरुलाई पशुपालन सम्बन्धी सिप अभिबृद्धि गर्न स्थलगत तथा गाउँपालिका स्तरीय तालिम संचालन गरिएको ।
– बहु क्षेत्रीय पोषण योजना अन्तर्गत सुनौला हजार दिनका महिलाहरुलाई कुखुराका चल्ला, अण्डा, तेल, झोला सहित उपाध्यक्ष कोसेली कार्यक्रमलाई निरन्तर रुपमा संचालन गरिएको ।
प्रधानमन्त्री रोजगार कार्यक्रम
– प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस गाउँपालिकाका सम्पूर्ण वडाहरुमा सडक नाली निर्माण, घोरेटो बाटो निर्माण, सडक मर्मत तथा सुधार, नदि नियन्त्रण तथा बृक्षारोपण, पर्खाल निर्माण लगायतका योजना तथा कार्यक्रम संचालन गर्न करीव १२७० जनालाई न्युनतमऔषतमा ३० दिन देखि अधिकतम १०० दिन रोगारी उपलब्ध भएको ।
लघु उद्यम विकास कार्यक्रम
– गाउँपालिका अन्तर्गत वडा नं ४ सिलिङ्गीबाग र वडा नं २ मा करीब २० जनालाई आधारभूत सिलाईकटाई तालिम संचालन गरिएको ।
– गाउँपालिका अन्तर्गत वडा नं ३ चनकट्टेमा ६ जनालाई आधारभूत मोबाईल मर्मत तालिम संचालन गरिएको ।
– गाउँपालिका अन्तर्गत वडा नं ३ पातल, वडा नं १ घोरडीमा वडा नं ४ बगस्थीमा ६१ जनालाई बेमौसमी तरकारी तालिम संचालन गरिएको ।
– गाउँपालिका अन्तर्गत वडा नं ३ कनेडीमा ८ जनालाई मौरीपालन तालिम संचालन गरिएको ।
– गाउँपालिका अन्तर्गत वडा नं ५ हडरानीमा ८ जनालाई हाते होजियारी तालिम संचालन गरिएको ।
यसका साथै थुप्रै विकासका कामहरु भएका छन् । तथापी यसमा समेट्न सकेका छैनौं ।