सिडिएफ नेपालद्वारा पत्रकारहरुसङ्ग अभिमुखिकरण सम्पन्न

382

प्रेम नेपाली/भाद्र २६, डोटी ।
डोटीमा क्रियाशील गैर सरकारी संस्था सामुदायिक विकास मञ्च (सिडिएफ) नेपाल डोटीले आइपास नेपालसङ्गको सहकार्यमा आइतबार पत्रकारहरुसङ्ग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
यौन तथा प्रजनन स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सेवाको पैरवीका लागि १ दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको सँस्थाले जनाएको छ ।
अभिमुखिकरण कार्यक्रममा बोल्दै सिडिएफका सचीव सिद्धराज जोशीले सिडिएफले लामो समयदेखि डोटीका विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आईरहेको स्मरण गराउदै आगामी दिनमा पनि जनप्रतिनिधि र पत्रकारहरुसङ्ग संयुक्त अन्तरक्रिया कार्यक्रम गर्ने गरि छिट्टै योजना बनाउन लागेको जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लिरमण जोशीले परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षीत मातृत्व, सुरक्षीत गर्भपतन आदिको बारेमा तथ्यांक सहित प्रस्तुतीकरण र सहजीकरण गरेका थिए । अर्को प्रसङ्गमा उनले पछिल्लो समयमा डोटीका १३ जना र छिमेकी जिल्ला डडेल्धुराका १ जनामा पनि डेङ्गु रोग देखा परेको र त्यसमध्ये ८ जना बिरामी बेड भर्ना रहेकाले डेङ्गु रोगबाट सचेत रहन सबैलाई आग्रह गरे ।
उक्त कार्यक्रममा आइपास नेपालका परियोजना संयोजक उपेन्द्र कुँवरले आधारभुत स्वास्थ्य सेवा सम्बन्धी अधिकारमुखी अवधारणा, स्वास्थ्य सम्बन्धी नीति आदिको बारेमा छलफल गराएका थिए । साथै उनले पत्रकारहरुले आगामी दिनमा स्वास्थ्यको क्षेत्रमा थप कलम चलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
प्रजनन स्वास्थ्यका बारेमा स्थानीय सरकारलाई बढी जवाफदेही बनाउने गरी सबै सरोकारवालाले भुमिका खेल्नुपर्ने सिडिएफ नेपालका यौन तथा प्रजनन स्वास्थ अधिकार कार्यक्रम अधिकृत मधु पोख्रेलले जाेड दिइन् ।
सिलगढीको शैलेश्वरी गेष्ट हाउसमा सम्पन्न कार्यक्रममा सिडिएफ नेपाल,आइपास नेपाल, स्वास्थ्य कार्यालयका प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.