डोटी प्रदेश सभा २ मा ९१९ मतान्तर सहित गठबन्धनका ओली विजयी

452

मंसिर ७, डोटी ।
डोटीमा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ बाट गठबन्धनका उम्मेदवार शिव सिं ओली विजयी भएका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा डोटी इन्चार्ज रहेका ओलीले उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य टेक बमलाई ९१९ मतले पछि पार्दै विजयी भएका हुन् ।
गठबन्धनका उम्मेदवार शिव सिं ओलीले १४ हजार ४७ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार टेक बमले १३१२८ मत प्राप्त गरेका छन् ।
गठबन्धनका उम्मेदवार ओली जोरायल गाउँपालिका २ का स्थायी बासिन्दा हुन् । उनलेे पहिलो पटक निर्वाचनमा भाग लिएर सफलता हात पारेका छन् ।
एमाले नेता बम बोगटान फुड्सिल गाउँपालिका – ७ का स्थायी बासिन्दा हुन् । उनले २०७४ को स्थानीय तहको निर्वाचनमा बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष पदमा पराजय व्यहोर्नुपरेको थियो भने यस पटक प्रदेश सभा सदस्य निर्वाचनमा पनि हार खेप्नुपरेको छ ।

Leave A Reply

Your email address will not be published.