भाद्र १४ देखि २१ गतेसम्म डोटीमा निषेधाज्ञा जारी गर्ने निर्णय

577

भाद्र १२, डोटी ।

डोटीमा यहि भाद्र १४ गते आइतबार राती १२ बजेदेखि २१ गते आइतबार रातीसम्म लागु हुने गरी निषेधाज्ञा लागु गर्ने निर्णय भएको छ ।

जिल्लाभित्र कोरोना महामारीको प्रभाव बढ्दै गएपछि संक्रमण रोकथाम, नियन्त्रण र उपचार सहजताका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

निषेधाज्ञाका क्रममा अत्यावश्यकीय सेवा बाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द हुने जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक एवं डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए ।

शुक्रबार कार्यालय समयभन्दा ढिलो बैठक बसेकाले भोलिसम्ममा सूचना जारी गरिने प्रजिअ भट्टराईले जानकारी दिए ।

 

 

Leave A Reply

Your email address will not be published.