सुदूरपश्चिममा भुकम्पको ठूलो धक्का

208

माघ १०, डोटी ।
सुदूरपश्चिममा भुकम्पको ठूलो धक्का महशुस गरिएको छ ।
अधिकाशले दिउँसो २ बजेर ४४ मिनेटमा भुकम्पको धक्का महशुस गरेको सामाजिक संजालमा उल्लेख गरेका छन् ।
गुगल सर्च अनुसार २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी देखि ६ किलोमीटरको दुरीलाई केन्द्रबिन्दु बनाएर ५.६ मेग्निच्युटको भुकम्प गएको देखाएको छ । तर केही संचारमाध्यमका अनुसार २ः४३ बजे भारतको उत्तराखण्डलाई केन्द्र विन्दु भएर ५ दशमलव ५ रेक्टलस्केलको भूकम्प गएको उल्लेख गरेका छन् । भुकम्पको धक्का नेपाल र भारतसम्म महशुस गरिएको जनाइएको छ ।
आधिकारिक विवरण भने आउन बाकी नै छ ।

Leave A Reply

Your email address will not be published.