म्याराथन धावक रेखा बिष्ट वडा कार्यालयद्वारा नगद ५ हजार सहित सम्मानित

1,279

जेष्ठ १८, डोटी ।
म्याराथन धावक रेखा बिष्ट आफ्नो गृह वडामा सम्मानित भएकी छन् ।
दिपायल सिलगढी नगरपालिका वडा नं. ७ पाकरीमा जन्मिएकी बिष्टलाई सो वडा कार्यालयले विहिबार सम्मान गरेको हो ।
देश तथा विदेशमा आयोजित विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै उत्कृष्ट स्थान प्राप्त गर्दै आएकी बिष्टलाई थप हौसला मिलोस् भन्ने उद्धेश्यले सम्मान गरिएको दिपायल सिलगढी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष कर्ण बहादुर बिष्टले बताए । वडा कार्यालयले नगद रु. ५ हजार सहित दोसल्ला र सम्मान-पत्र प्रदान गरेको हो ।
रेखाले हालसम्म १४ औं काठमाण्डौ म्याराथन र ७ औं जिलथुन क्रस कन्ट्रि च्याम्पियन सिपमा प्रथम स्थान भएकी थिइन् भने हिजो जेठ १७ गते सम्पन्न खप्तड–शैलेश्वरी महिला हाप म्याराथन २०८० मा दोश्रो भएकि छन् । त्यस्तै गोल्डेन एथलेटिक्स मिट २०२३ र कान्तिपुर हाप म्याराथन २०२२ मा तेश्रो भएकि थिइन् । यसैगरी बंगलादेशको ढाकामा सम्पन्न हाप म्याराथनमा सातौं स्थान ओगटेकी थिइन् ।

Нет описания.
वि.सं. २०५२ असोज २५ मा जन्मिएकी रेखा २०७३ भदौ १५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरेकी थिइन् ।
हाल नेशनल पुलिस एकेडेमी महाराजगञ्ज काठमाण्डौमा कार्यरत उनि आफुलाई खेल क्षेत्रमा लाग्न प्रेरणा दिने व्यक्तिका रुपमा नेपाल पुलिस क्लबका पूर्व खेलाडी असइ चन्द्रकला थापालाई सम्झिन्छन् । चन्द्रकलाको प्रेरणाबाट आफु एथलेटिक्स खेलाडीका रुपमा चिनिएको रेखा बताउँछिन् ।

Нет описания.
वि.सं. २०७५ सालदेखि खेल क्षेत्रमा आफु लागेको बताउँदै रेखाले आफ्नो खेल क्षेत्रको प्रगति प्रति सन्तुष्ट रहेको बताईन् । साथै आफु दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ को कार्यालयबा सम्मानित भएकोमा धन्यवाद दिंदै आगामी दिनमा अगाडी बढ्न आफुलाई थप हौसला मिलेको उनले बताईन् ।
डोटीमा पनि बेला–बेलामा सरकारी तवरबाट म्याराथन लगाएतका खेल प्रतियोगिता सञ्चालन हुनुपर्ने, खेलाडीको खाने बस्ने लगाएतमा पनि सरकारले सहयोग गर्नुपर्ने उनको भनाई छ ।

Нет описания.

Нет описания.

 

Leave A Reply

Your email address will not be published.