सुदूरपश्चिमका १ सय जनासँगै नेपालमा २४ घण्टामा १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि
भाद्र १४, डोटी ।
पछिल्लो २४ घन्टामा सुदूरपश्चिमका १ सय जनासँगै नेपालमा थप १ हजार २२१ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३४८ महिला र ८७३ जना पुरुष गरी १ हजार २ सय २१ जना संक्रमित भएको जानकारी दिएको हो। २४ घण्टाको अवधिमा नेपालमा यति धेरै मानिसमा संक्रमण पुष्टि भएको यो पहिलो पटक हो।
अब नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३८ हजार ५६१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
पछिल्लो २४ घन्टामा देशभर कोरोना संक्रमण बाटै १४ जनाको मृत्यु समेत भएको छ ।
यसैबिच सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल धनगढी, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा गरीएको कोरोना परीक्षणमा १ सय जना मानिसमा संक्रमण पुष्टी भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा ४९, डोटी जिल्ला अस्पतालको प्रयोगशालामा ११ जना र सेती प्रादेशिक अस्पतालमा ४० जना गरी १ सय जनामा आईतबार कोरोना संक्रमण पुष्टि भएको हो ।
प्राप्त विवरण अनुसा डोटीमा ११, दार्चुलामा २, बझाङमा ४७, अछाममा १८, कैलालीमा १५ र कञ्चनपुरका ७ गरी १ सय जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।