डेंगु सङ्क्रमित काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन

157

भाद्र २१, डोटी ।

काठमाडौं महानगरपालिका वडा नम्बर-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचाररत रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।

रिजाल पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो ।

२०७९ को स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्र नम्बर ७ का सभापति समेत हुन् ।

महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.