डोटीमा एक पुरुषले गरे विष सेवन गरी आत्महत्या

388

भाद्र १६, डोटी ।

डोटीमा विष सेवन गरी एक पुरुषले आत्महत्या गरेका छन् ।
जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं. ४ बस्ने रने कोलीको छोरा वर्ष ३८ को राम कोलीले विष सेवन गरी सोमबार राती आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक इन्द्र मल्लले जानकारी दिए ।
घटनाबारे जानकारी पाउने वित्तिकै राती करिब साढे १० बजेतिर सानागाउँ प्रहरी चौकी इन्चार्ज सई नारायणदत्त बडु नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।
आवश्यक घटनास्थल मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक जानकारी अनुसार साङ्ला मार्ने औषधी सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
यद्यपी घटनाको वास्तविकता कारण पोष्टमार्टम रिपोर्ट लगाएत अन्य अनुसन्धानबाट मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.