डोटीमा एक युवा मृत फेला, हत्याको आशङ्का

2,172

मंसिर १२, डोटी ।

डोटीमा एक युवा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ पुन्ना गाउँका युवक

३० वर्षीय समीर भट्ट सोही गाउँ नजिकै मुख्य सडकमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

भट्टको मृत्यु कसरी भएको हो भन्ने एकिन हुन सकेको छैन ।

घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थलमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतका आफन्तले हत्या भएको आशङ्का गरेका छन् भने शव उठाइएको छैन ।

स्थानीयले घटनाको सत्यतथ्य खोज अनुसन्धानको माग गर्दै यातायात बन्द गरेपछि सवारी आवागमन पूर्ण प्रभावित भएको छ ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.